मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले सरकारविरुद्ध खबरदारी सभा गर्ने

बुधबार, २७ चैत २०७५, १६ : २४
बुधबार, २७ चैत २०७५

काठमाडौं–नेपाली कॉंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो गतिविधिको विरोधमा खबरदारी सभा गर्ने भएको छ । 

दुई तिहाइको सरकार प्रतिपक्षको कुरै नसुनी पेलेर जान खोजेकाले शनिबार राजधानीको बाल्मिकी विद्यापीठमा खबरदारी सभा गर्न लागिएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । 

सरकार एकलौटी ढंगले अघि बढिरहँदा प्रतिपक्षी दल कांग्रेस समेत निरिह देखिनु दुखद भएको भन्दै पार्टी नेतृत्वलाई समेत सशक्त बनेर प्रतिरोध गर्न दवाव दिने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप