शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकै आश्चर्यजनक शिव मन्दिर बनाउने बालज्ञानी गुरु आदित्यको सपना

बुधबार, २७ चैत २०७५, १५ : ५६
बुधबार, २७ चैत २०७५

काठमाडौँ– ‘उपस्थितिमा भन्दा अनुपस्थितिमा उत्सव मनाऊ, तारिफमा भन्दा गलीमा ताली बजाऊ । जन्मेपछि मृत्युबाटै मोक्ष मिल्छ त्यसैले साधनाद्वारा आफूलाई यस मिट्टीमा विलिन गराऊ ।’ यी उद्गार अरु कसैका नभई बालज्ञानी गुरु आदित्यका हुन् ।

बालज्ञानी गुरुका रुपमा  परिचित उनै आदित्यको आश्रमपरिसरमा विश्वमै कहीँ नभएको त्रिगजुर शिवालयको स्थापना भएको छ । 

ॐ आदि फाउण्डेसनका अनुसार ज्ञानीगुरु आदित्यको परिकल्पना र मार्गनिर्देशन अनुसार गरिएको विश्वकै अद्धितीय किसिमको त्रि–गजुर शिवालयको मुखाकृति गाईको स्वरुपमा विशाल नन्दीको पेटभित्र शिवजीको मन्दिर अवस्थित छ । 
काठमाडौँको गौरीघाटस्थित ओमआदि कुञ्जमा निर्माण भएको त्रिगजुर शिवालयको गत आइतबार प्राणप्रतिष्ठा गरिएको छ ।  

शिवालयमा शिवलिङ्ग स्थापना गर्दा त्यसको जगमा गुरुले आफ्नो रगतद्वारा लेखिएका दुई सयभन्दा बढी बेदमन्त्र बिछ्याइएको छ । त्रिगजुर शिवालय विश्वको एक महत्वपूर्ण अध्यात्म केन्द्र बन्ने विश्वास गरिएको छ । 

त्रि–गजुर शिवालयको प्राण–प्रतिष्ठापछि चैत २४ गतेदेखि शुरु भएको सप्ताहव्यापी ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको सुरुवात भएको छ । जसमा सहस्रकोटी ओम आदिमणि मन्त्र, जप, हवन, ओम नमशिवाय महामन्त्र, अखण्ड जप–हवन, १०८ कुण्डीय गायत्री मन्त्र जप हवन, चार बेद, शिवपुराण, श्रीमद्भागवत, अध्यात्मिक रामायण र महारुद्री चण्डी पाठ परायणपछि आगामी चैत ३० गते ब्रह्मज्ञानी गुरु आदित्यको उपनयन (ब्रतबन्ध) गर्नुका साथै त्रिगजुरीय शिवालयको प्राण प्रतिष्ठा सम्पन्न हुनेछ । 

महायज्ञले विश्वशान्तिमा सहयोग पुर्याउन विश्वास गरिएको छ ।

गुरु आदित्यका अद्भूत क्रियाकलाप र अमर सन्देशहरू हेर्दा उनलाई मानवका रूपमा मात्र ग्रहण गर्न नसकिने धेरैको भनाई छ । गुरु आदित्यले कसैलाई पनि आफ्नो समीपमा आउन आग्रह नगरेपनि एकपटक उनको दर्शन पाइसकेपछि कोही व्यक्ति उनीबाट टाढिन नसक्ने भुक्तभोगीहरुको भनाई छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न दलका नेता, बहुचर्चित व्यवसायी उपेन्द्र महतोसम्मले गुरुप्रति स्नेह र सम्मानभाव दर्शाइसकेका छन् ।

‘यो मन्दिर मेरो जीवनको एक अंश चिनाउने आस्थाको केन्द्र हो । शिवात्माको तन्त्रविद्यादेखी, मृत्युमोक्ष प्राप्त हुने स्थल, हर अशान्तिलाई शान्त राख्ने केन्द्र, हर अशक्त बिरामीको मह्लम यस शिवालयको मिट्टीमा छ’ वाल गुरु आदित्यले भनेका छन् ।

बालगुरु आदित्यले मन्दिर निर्माणका क्रममा लेखेका छन्, ‘मेरो इच्छा छ, सपना छ, संसारकै आश्चर्यजनक शिव मन्दिरको निर्माण गरी सारा ब्रमाण्डभित्र लुकेको इनर्जीलाई यही माटोमा समाहित गराई एक आध्यात्मिक शक्तिशाली राष्ट्र कायम गरी संसारमा चिनाउने । मेरो कल्पनाले तवमात्र सार्थकता पाउँछ जब हजुरहरभित्रबाट आध्यात्मिक क्रान्ति भित्र्याउने सङ्कल्प उजागर भएर आउछ ।’ 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप