शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले चिकित्सा पेसालाई नै मानमर्दन गर्न खोज्योः चिकित्सक संघ (विज्ञप्तिसहित)

बुधबार, २७ चैत २०७५, १५ : ३०
बुधबार, २७ चैत २०७५

काठमाडौं– नेपाल चिकित्सक संघले सरकारले चिकित्सा पेसालाई नै सार्वजनिक रुपमा मानमर्दन गर्न खोजेको आरोप लगाएको छ । 

‘सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ’, संघका महासचिव लोचन कार्कीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

संघले बीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले गरेको विरोध कार्यक्रममा आज प्रहरी धरपकड र हातपात भएको भन्द्यै भत्सर्ना गरेको छ।  

संघले चिकित्सकहरुको समायोजनका सम्बन्धमा धारणा बनाउन काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधिलगायत सरोकारवालालाई बिहीबार दिउसो २ः०० बजे छलफलका लागि बोलाउने निर्णय पनि गरेको छ।  

सरकारी चिकित्सक संघले समायोजनको विरोध गर्दै ६ दिनदेखि आन्दोलन गर्दै आएको छ भने त्यसमा संघले पनि साथ दिँदै आएको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप