बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेरौं विविधताले भरिएका मुलुक नेपालका सुःख–दुःखका केही कुराहरु

बुधबार, २७ चैत २०७५, ११ : ०४
बुधबार, २७ चैत २०७५

चिरै भजहरमा भाग्दै थारु महिला

थारु महिलाको पर्व चिरै भजहर भाग्न शुरु भएको छ । चिरै भजहरको अवसरमा थारु महिलाले बाटोमा डोरी हाली सवारी साधनलाई रोकेर रकम उठाउने चलन छ । यसरी उठाएको रकम सामाजिक कार्यमा खर्च गर्ने वा समूहका लागि आवश्यक सामग्री किन्ने चलन छ । तस्बीर : दुर्गा देवकोटा, रासस, लम्की, कैलाली

दूध चुसाउन गोप्य स्तनपान कक्ष

स्याङ्जाको वालिङ नगरपालिकाको कार्यालयभित्र शिशुलाई दूध चुसाउन बनाइएको गोप्य स्तनपान कक्ष । तस्वीर : तोलाकान्त बगाले, रासस, वालिङ

चैते धान रोप्दै किसान

पोखरा महानगरपालिका–१४ चाउथेमा चैते धान रोप्दै गरेका किसान । तस्वीर : कृष्ण दवाडी,रासस,कास्की

मदिरा नष्ट

डोटी जिल्लामा बिक्रि बितरणमा बन्देज गरिएको मदिरा पक्राउ गरी नष्ट गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान । तस्वीर : विमलबहादुर विष्ट/डोटी (रासस)

कुखुरा नष्ट

सूर्यविनायक नगरपालिका– १ दधिकोटस्थित मधुराम न्यौपानेले सञ्चालन गरेको अनुस्कृत कुखुरा फार्मका १ हजार ३७५ ब्रोईलर कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति फार्मका कुखुरा नष्ट गर्दै । तस्वीर : रामेश गिरी, रासस, भक्तपुर

भजनमा कला देखाउँदै

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशै मेलाको अवसरमा आयोजित भजन प्रतियोगितामा आफ्नो कला देखाउँदै जैमिनी सङ्कृतन समूह । तस्वीरः खेमराज गौतम, रासस, गलकोट (बागलुङ)

स्वागत गर्दै किशोरी

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशै मेलाको अवसरमा मंगलबार आयोजना गरेको राष्ट्रिय भजन प्रतियोगितामा भजनमार्फत दर्शकलाई स्वागत गर्दै जैमिनी सङ्कृतन समूहका किशोरी । तस्वीर : खेमराज गौतम, रासस, गलकोट (बागलुङ)

असिनाले सखापै पा¥यो

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजामा दुई दिन अघिको असिना पानीले क्षति पु¥याएको तरकारीखेती । लगातार तीन दिनसम्म परेको असिना पानीले बरंजामा पाक्नै लागेको बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ । तस्वीर : धु्रबसागर शर्मा, रासस, म्याग्दी (गलेश्वर)

माटोका सामग्री

लोकआस्थाको पर्व चैती छठमा आवश्यक पर्ने माटोका सामग्री घण्टाघरमा बिक्री गर्दै । तस्वीर : वीरेन्द्र कर्ण, रासस, वीरगञ्ज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप