शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन दिनको तीन पटक हामीलाई खाना चाहिन्छ ?

बुधबार, २७ चैत २०७५, ०० : ५३
बुधबार, २७ चैत २०७५

हाम्रो शरीरलाई उर्जा दिनको लागि खाना चाहिन्छ । खाना बिना हाम्रो शरीरले राम्ररी काम गर्न सक्दैन । त्यसैले जसले यो समस्याबारे पढेका छन्  उनीहरुले हामीलाई स“धै दिनको सुरुवात राम्रो नास्ताबाट गर्ने सल्लाह दिन्छन् ।

एउटा अध्ययनका अनुसार बिहान राम्ररी खाजा नखाई स्कूल जाने बच्चाहरुको दिन राम्रो नहुने गरेको बताएको छ । खाजा नखाई स्कूल जाने विद्यार्थीले राम्रोस“ग पढाईमा ध्यान पनि दिन नसकेको कुरा बताएको छ । यस कुरामा धेरै विवाद भएपनि धेरैजसोले भने बिहान खाजा खाने नै सल्लाह दिन्छन् । यति मात्र होइन हामीले खाने खाना करिब ४ घण्टामा पचिसक्ने हु“दा हाम्रो शरीरलाई केही समयको अन्तरमा खान दिनुपर्छ । त्यही भएर कम्तीमा दिनको तीन पटक खानु जरुरी छ । यसले हामीलाई सँधै फुर्तिलो बनाइराख्न मद्दत गर्छ ।

यो प्रश्नको अर्को पाटो पनि हुन सक्छ । किन दिनको ३ पटक मात्र खाने ? त्यो भन्दा धेरै खायो भने के हुन्छ ? संसारमा धेरै मानिसहरु छन् जो ठीक समयमा खाना खा“दैनन् । जंगलमा बस्ने जनावरहरु पनि निश्चित समयमा खाँदैनन् । जब आहारा भेट्यो, त्यही समयमा मात्र उनीहरु खाने गर्छन् । उता सुँगुरलाई दियो भने त जुन बेला पनि खान पछि पर्दैन ।

वास्तवमा दिनको तीन या चार पटक खाने हाम्रो एउटा संस्कार नै बनिसकेको छ । हामी बिहान खाजा खान्छौँ । त्यसपछि खाना र दिउँसो खाजा खान्छौँ । अन्त्यमा राती फेरि खाना खाने गर्छौ । कोहीले भने दिउँसोको खाजा खा“दैनन् । उनीहरु त्यो समयमा भोक लागेपनि नलागेपनि खाने गर्छन् । हामी यहाँ राती पनि भात वा रोटी खाने चलन छ । उता युरोपमा भने राती केवल हल्का खानेकुरा मात्र खान्छन् । त्यसैले कति पटक खाने भन्ने पनि ठाउँ र संस्कार अनुसार फरक फरक हुने गर्छ ।

तर स्वास्थ्यका लागि हामीले सँधै स्वस्थ खाना खानुपर्छ । धेरै वा कम्ती पनि खानु हुन्न । ठीक मात्रामा खायो भने हामी स्वस्थ रहन्छौँ । जे र जस्तो पायो, तस्ते  खाने बानीले हामीलाई विभिन्न रोगहरु लाग्न सक्छ । यसले हामीलाई अल्छे पनि बनाउन सक्छ ।

Photo: https://worldtravelchef.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप