शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरले कसरी आफ्नो पुच्छर हल्लाउने गर्छ ?

बुधबार, २७ चैत २०७५, ०० : २४
बुधबार, २७ चैत २०७५

सबै खाले कुकुरको पुच्छर हुन्छ । कुनै कुकुरको पुच्छर लामो हुन्छ त कसैको छोटो हुन्छ । तर हामीले याद गरेका छौ‌ भने कुुकुरले स“धै आफ्नो पुच्छर हल्लाइरहेको हुन्छ ।

विशेष गरेर खुसी भएको बेला यसले आफ्नो पुच्छर मज्जाले हल्लाउने गर्छ ।

आकारमा फरक भए पनि सबै कुकुरको पुच्छर एकै प्रकारले बनेको हुन्छ । तिनीहरुको पुच्छर स–साना हाडहरु जोडिएर बनेका हुन्छन् । ती हाडहरु एउटा माला जस्तै गरी जोडिएका हुन्छन् । जसले गर्दा थोरै माशंपेशीको मद्दतले पनि तिनीहरुले त्यसलाई आफूले चाहे अनुसार जुनै पनि दिशामा हल्लाउन सक्छन् ।

पुच्छर हल्लाउँदा तिनीहरुको निकै कम माशंपेशी प्रयोग हुने हुँदा तिनीहरु निकै कम थाक्ने गर्छन् । जसले गर्दा तिनीहरु प्रायः सधैं पुच्छर हल्लाउने गर्छन् ।

तस्बिर: https://olddoghaven.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप