सिन्धुपाल्चोकमा विद्युतीय पुस्तकालय निर्माण गरिँदै

काठमाडौं– जान्वी फाउण्डेशनले सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित टेकानपुरको कालिका माविमा २ कोठ भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माण कार्यको थालनी गरेको छ ।
क्षेत्री समाज युकेले जुटाएको १७ लाखकाे सहयोगमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो ।
फाउण्डेसनकी अध्यक्ष तथा नायिका जान्वी बोहाराले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ विद्युतीय पुस्तकाल निर्माण गर्न लागिएको जानकारी दिइन् ।
उनले रकम जुटाउनका लागि पहल गर्ने एनआरएन केन्द्रीय सदस्य तथा समाजका सल्लाहकार रामशरण सिम्खडा, क्षेत्री समाज बेलायतका अध्यक्ष राजन क्षेत्री, महासचिव कुमार केसीलगायतलाई धन्यवाद समेत व्यक्त गरेकी छिन्। समाजले कवि नवराज पराजुलीलाई बेलायत बोलाइ कविता कन्सर्ट गरेर सो रकम संकलन गरेको थियो ।
शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण बोहरा र प्रधानायापक ऋषीराम पौडेललगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने