शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन मन्त्री यादव युएईमा

सोमबार, २५ चैत २०७५, २३ : २४
सोमबार, २५ चैत २०७५

युएई । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव युएई आईपुगेका छन् । 

यूएई सरकारको आयोजनामा दुबईमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री यादवसँगै मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल आइतबार युएई आइपुगेका हुन् । 

सम्मेलनमा युएईका लागि नेपाली नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाल समेत सहभागी छन् ।

विभिन्न देशका प्रतिनिधि सहभागी रहेको उक्त अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीका बिषयमा छलफल गर्ने उल्लेख गरिएको छ ।

५ दिने युएई भ्रमणमा रहेका मन्त्री यादवले कुटनीतिक भेटघाट गर्ने दुतावासले जनाएको छ । सोहि अनुरूप आज साँझ युएईका अर्थमन्त्रीसँग भेटघाट कार्यक्रम रहेको नेपाली दूतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्ता सागर फुयाँलले जानकारी दिए ।

मन्त्री यादवले बुधबार युएईमा रहेको नेपाल बिजनेस काउन्सिलका प्रतिनिधीलगायत अन्य नेपाली व्यवसायीहरूसँग भेटघाट गरी बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप