प्रदेशको राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले भने, ‘यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।’
मुख्यमन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउँदै सञ्चार क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार संवेदनशील रहको छ भने ।
सो अवसरमा उनले लोकान्तर अनलाइनका समाचारदाता सुमन सुस्केरा (चिरञ्जीवी तिम्सिनालाई) रु ११ हजार १११ नगदसहित उक्त पुरस्कारबाट सम्मान गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकता औल्याए ।
प्रेस चौतरी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, नेपाल प्रेस युनियनका लीलावल्लभ घिमिरे, सेन्टरका जिल्ला अध्यक्ष गोकुल पराजुली लगायतले पत्रकारलाई न्यूनतम पारिश्रमिक भुक्तानीको वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी