मलेसियामा बस दुर्घटना अपडेट : २ नेपालीको मृत्यु, १२ घाइते (नामावलीसहित)
काठमाडौं–मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।
मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको थियो । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ ।
यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।
१४ नेपाली कामदारसहित ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना भएको हो । नेपाली कामदारहरु मोतियारा कायामाश भन्ने कम्पनीमार्फत् मास कार्गो कम्पनीमा काम गर्न जाने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय
-
कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
-
न्यायाधीश समक्ष मिश्रले भने - एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर सरकारलाई राति निद्रा लाग्छ ?
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड
-
आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा