बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयुर्वेदसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

सोमबार, २५ चैत २०७५, १० : ५३
सोमबार, २५ चैत २०७५

पहिलो आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एवं कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।
 स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले कार्यक्रमको उद्घाटन गर्दै यस्ता कार्यक्रमले समग्र विश्वमा नेपालको पहिचान बढाउने भन्दै आयुर्वेद प्रतिको जनताको आस्था र विश्वास पनि बढ्ने धारणा व्यक्त गरे । 
 आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा केन्द्रीय आयुर्वेद अस्पताल र सबै नगरमा आयुर्वेद केन्द्रको स्थापना गर्ने योजना बनाएको पनि सो अवसरमा उनले बताए ।
कार्यक्रम पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, आयुष दर्पन भारत  र विश्व आयुर्वेद परिषद, नेपालको प्रमुख संयोजन एवं स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारी एवं गैरसरकारी संघ संस्थाको सहआयोजनामा  गरिएको हो । कार्यक्रममा देश तथा विदेशका मर्म–विज्ञ, अनुसन्धानकर्ता एवं आयुर्वेद चिकित्सक तथा विद्यार्थीहरु सहभागी भएका थिए । 
दुई दिने कार्यक्रममा विभिन्न विद्वान् र विशेषज्ञहरूका  कार्यपत्र प्रस्तुति थियो । सँगसँगै मर्मविज्ञान  सम्बन्धि तालिम कार्यशाला पनि संचालनमा रहेको थियो । 

कार्यक्रममा मुख्य वक्ता भारतका प्रा. डा. सुनील कुमार जोशी साथमा उनका टोलीले नेपाली आयुर्वेद चिकित्सक एवं विद्यार्थीहरुलाई तालिम दिएका थिए ।

समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. कुलप्रसाद कोइराला , पतन्जली योगपिठ नेपालका ट्रष्टि इ. शालिग्राम सिंह , सर्वोच्च अदालतका पुर्व प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय , नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष धनिकलाल भरखेरको उपस्थिति रहेको थियो भने सभापतित्व पतन्जलि आयुर्वेद मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामचन्द्र अधिकारीले गरेका थिए ।
मर्म चिकित्सासम्बन्धि ज्ञान एवं शीप अभिवृद्धिका लागि सो कार्यक्रम आयोजन गरीएको बताउँदै कार्यक्रम आयोजक समितिका डा. सुमन खनालले यो कार्यक्रमबाट चिकित्सकलाई चिकित्सा गर्न हौसाला प्रदान  गर्ने आशा व्यक्त गरे । 

कार्यक्रममा आयुर्वेद लगायत काठमाडौं विश्वविद्यालयका चिकित्सा शास्त्र, योग तथा प्राकृतिक चिकित्सा, एकुपञ्चर लगायत विविध चिकित्सा क्षेत्रका चिकित्सक एवं विद्यार्थीहरुको सहभागीता रहेको जानकारी कार्यक्रम आयोजक समितिका सदस्य सचिव डा. कोपिला अधिकारीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप