बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र संसदीय दलको प्रमूख सचेतकमा रेखा शर्मा

बिहीबार, १९ साउन २०७४, १९ : ०४
बिहीबार, १९ साउन २०७४

काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को संसदीय बोर्डको बैठकले संसदीय दलको प्रमूख सचेतकको जिम्मेवारी पूर्वमन्त्री एवं सांसद रेखा शर्मालाई दिने निर्णय गरेको छ ।


बिहीबार दिउँसो लाजिम्पाटमा बसेको बोर्डको बैठकले शर्मालाई प्रमूख सचेतकको जिम्मेवारी दिएको हो । पार्टीका प्रमूख सचेतक टेकबहादुर बस्नेत मन्त्री भएपछि माओवादी केन्द्रको रिक्त प्रमूख सचेतकको जिम्मेवारी शर्मालाई दिइएको हो ।


बिहीबारको बोर्डको बैठकले सङ्घीयता कार्यान्वयन सम्बन्धि व्यवस्थापिका–संसदका विभिन्न समितिहरुमा रहेका विधेयकहरुलाई अझ परिमार्जन गर्दै छिटोभन्दा छिटो संसदबाट पारित गराउन पार्टी र संसदीय दलको तर्फबाट विशेष पहल गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप