काँधमा थपिएको जिम्मेवारी: २५ तस्विरमा हेर्नुहोस्

भक्तपुर– राष्ट्रको सेवा गर्न चाहानेहरुका लागि धेरै काम हुन्छन् । तर एकाथरी मानिसहरु सुरक्षा फौजमा सहभागी भएर देशको रक्षक बन्न चाहान्छन् । सोही सिलसिलामा गत जेठमा सशस्त्र प्रहरी जवान पदका लागि छनोट हुन सफल व्यक्तिहरुले आइतबार ३७ हप्ताको तालिम पुरा गरेका छन् ।
भक्तपुर दुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीमा ७५ तालिमबाट दीक्षित भएका हुन् । सि.स २२६ (ढ) स.प्र.ज.आ.भू. तालिमको दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले पुरस्कार प्रदान गरे ।
३७ हप्ताको तालिममा ७५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उनीहरुलाई युद्धकला, फिल्ड क्रफ्ट, म्याद रिडिङ्ग, भिड नियन्त्रण, उत्प्रेरण, निर्वाचन सुरक्षालगायतका विषयमा तालिम तथा प्रवचन दिएको छ ।
उक्त तालिमा सर्वप्रथम सशस्त्र प्रहरी जवान दीपक पुनमगर, कवाज प्रथम सशस्त्र प्रहरी जवान रोशन पुरी, चाँदमारी प्रथम विजयबाबु कार्की र सहिष्णुता प्रथम सशस्त्र प्रहरी जवान वीरबहादुर खत्री भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन