हातहतियारको अनुमति लिएर नवीकरण गरेनन्
शनिबार, २३ चैत २०७५, १४ : ०६
नवलपरासी–जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् ।
हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धैरेले हातहतियार राख्ने इजाजतपत्र लिएका भए पनि ५० प्रतिशत भन्दा कमले मात्रै इजाजत पत्रको नवीकरण गरेका छन् ।
प्रशासनमा १२ बोर बन्दुक २४२, २२ बारे राइफल १५ थान, टोटा पाँच थान, कटुइ २५ थान, ब्रिज लोड १२ थान, प्वाइन्ट २२ बन्दुक एक थान, २०५१ बोर एक थान, भरुवा ४ थान, मेनिचर एक थान, एयर गन हवाई बन्दुक एक थान र नखुलेका २८ थान गरी कूल ३३५ ले इजाजत लिएको तथ्याङ्क छ ।
एक पटकमा दुई वर्षसम्मका लागि इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला