मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार कुन राशि हुनेहरुका लागि शुभ ?

शुक्रबार, २२ चैत २०७५, ०६ : १२
शुक्रबार, २२ चैत २०७५

वि.सं.२०७५ साल चैत्र २२ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि औंषि,२० घडी ३६ पला,दिउँसो ०२ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र रेवती, अहोरात्र । योग ऐन्द्र,४० घडि ५३ पला,बेलुकी १० बजेर १४ मिनेट उप्रान्त वैधृति । करण नाग,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त किंश्तुध्न,रातको ०२ बजेर ४० मिनेट उप्रान्त बव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि मिन ।  पञ्चक। घोडे जात्रा। स्नानदान गर्ने र हलो बार्ने औंसी।

काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी १५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा  हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पुरा हुनालेमन प्रफुल्ति हुनेछ । ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानि गर्ने अवसर आउनेछ । बिद्यार्थिहरुले पढाई लेखाईमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा भनजस्तो प्रगति नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्र सँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुँने हुनालेदैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बचन पुरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुँनेछन् भने पछि पस्चाताप हुनेछ । पढाई लेखाईमा ध्यान नदिए अरुभन्दा पछि परिनेछ । अरुका लागि समय र श्रम खर्च हुँने हुँदा आफ्नो काम थाति रहनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुँदा नाम कमाउँन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु  बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
    
तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप