शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी परिणामलगत्तै बार प्राङ्गणमा जे देखियो (फोटोफिचर)

बिहीबार, २१ चैत २०७५, २० : ०८
बिहीबार, २१ चैत २०७५

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन (नेपाल बार एसोसिएसन)को अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिनेहरुको भीड छ । 

श्रेष्ठ लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएको बिहीबार साँझ निर्वाचन कमिटीले जानकारी गराएको हो । श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार ८ सय ७३ मत मात्र प्राप्त गरे । 

यस्तै महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

यता निर्वाचन कमिटीले मत परिणाम सार्वजनिक गरेलगत्तै सुनिल कुमार पोखरेललगायतले निर्वाचन परिणाम गन्दा धाँधली गरेको भन्दै उजुरी हालेका छन् । उनीहरुले पुनः मतगणनाा हुनुपर्ने माग गरेका हुन् ।  

एसोसिएसनको गत १६ गते (शनिबार) निर्वाचन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप