एसईईमा प्रश्नपत्र आउट गरेको आरोपमा शिक्षकसहित ६ जना पक्राउ
सप्तरी– एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि पक्राउपछि कारबाही सुरु भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो ।
स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर्याउन भूमिका खेलेको पाइएको छ । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको बताइएको छ ।
चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए । प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
जनकपुर बोल्ट्सलाई नेपोभिटको साथ