शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीको दरखास्त फारम वितरण तथा दर्ता कार्यको अवधि थपियो

बिहीबार, २१ चैत २०७५, १३ : १६
बिहीबार, २१ चैत २०७५

काठमाडौं-नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएकोमा फारम दर्ता अवधि थप गरिएको छ ।

   उक्त पदहरुमा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञानपनमा २०७५ चैत २२ गतेसम्म दरखास्त फारम वितरण र दर्ता अवधि तोकिएकोमा पुन:दरखास्त फाराम वितरण तथा दर्ता कार्य २०७६ वैशाख ११ गतेसम्म थप गरिएको हो  ।  

            नेपाल प्रहरीमा योग्य, सक्षम बढी भन्दा बढी उम्मेदवारहरुलाई छनौट प्रकृयामा सहभागी गराउनका लागि सो अवधि थप गरिएको प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप