शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक जारी

बिहीबार, २१ चैत २०७५, ०९ : १६
बिहीबार, २१ चैत २०७५

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओली र सात वटै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक चलिरहेको छ । बिहान पौने ८ बजेदेखि सुरु भएको बैठकमा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको रिर्पोटिङ गरेका छन् । 

बैठकमा प्रदेशका लागि आगामी बर्षको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । 

विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला प्रधानमन्त्रीले बालुवाटारमा बैठक डाकेका हुन् । बैठकमा बारामा गएको आँधी प्रभावितका बारेमा पनि छलफल हुने भएको छ । 

झन्डै एक महिनाअघि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग सिहदरबारमा छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप