शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकसेकेन्डमै पूरै फिल्म डाउनलोड हुनेः फाइभजीको दौडमा कोरियाले उछिन्यो !

बुधबार, २० चैत २०७५, १९ : ०७
बुधबार, २० चैत २०७५


मोबाइलको दुनियाँमा सबैभन्दा पछिल्लो, सबैभन्दा उन्नत र तीब्रगतिको प्रविधिको रुपमा अहिले विकसित फाइभजी प्रविधि लागू गर्ने दौडमा दक्षिण कोरियाले अरु देशहरुलाई उछिन्ने भएको छ ।

त्यसका लागि दक्षिण कोरियाले आवश्यक सबै पूर्वाधारहरुलाई स्थापित गर्ने क्रम तीब्र रुपमा अगाडि बढाउँदै आउँदो शुक्रबार फाइभीजी सेवाको शुरुवात नै गर्ने भएको छ ।

फाइभजीको सेवा शुरु भएपछि प्रयोगकर्ताहरुले एउटा सिंगो फिल्म एक सेकेण्डभन्दा कम समयमै डाउनलोड गर्न सक्नेछन् । यसले भिडियो स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण सेवा) तथा आर्टिफिसियल इन्टेलिजेन्स तथा

भर्चुअल रियालिटीसँग सम्बन्धित उत्पादनहरुको सेवामा सम्भावनाको नयाँ ढोका खोल्नेछ ।
अहिले फाइभजी प्रविधिको विकास र विस्तारमा दक्षिण कोरिया, चीन र अमेरिका युद्धस्तरमा लागिरहेको छ र बजारलाई कसले बढीभन्दा बढी कब्जा जमाउने होड ती तीनदेशबीच चलिरहेको छ । विशेष गरेर कोरिया सामसुङमार्फत्, चीन हुवावे मार्फत् र अमेरिका चाहिँ एप्पलमार्फत् यो दौडमा अघि सरेको छ ।

फाइभजीको प्रविधिले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, बेलायत लगायतका देशहरुको आर्थिक विकासमा नयाँ फड्को मार्ने आँकलन गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप