पाठकको पर्खाइमा पेरिसडाँडाका चार हजार पुस्तक
काठमाडौं–माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरचोकबाट अलि भित्र पर्छ । तीनकुनेबाट पनि भित्र नै पर्ने त्यो स्थान जब माओवादीको कार्यलय बस्यो त्यसपछि पेरिसडाँडाको रुपमा चर्चा ह्वात्तै बढ्यो ।
शान्ति प्रक्रियामा आउँदाका बखत माओवादी कता बस्छन्, कसरी बस्छन् पार्टी कार्यालय कस्तो होला ? काठमाडौमै होला कि रुकुम रोल्पामा होला ? कुनै समयमा यो कौतुहलताको बिषय थियो । तर, जब माओवादीले बुद्धनगरमा पार्टी कार्यलय स्थापना गर्यो सबैको अनुमानले बिट मा-यो ।
बुद्धनगरको कार्यलय माओवादीका लागि सानो भयो । बिकल्पमा बन्यो पेरिसडाँडा । पार्टी विभाजनसँगै माओवादीका कार्यलय पनि भाग लागे । तर मुल पार्टी पेरिसडाँडामा नै बस्यो । माओवादीको पार्टी कार्यालय क्षेत्रफलको हिसाबले पनि ठिकै छ । भवन पनि ठूलो छ । त्यहि भवनमा अध्यक्षदेखि प्रमुख नेताहरुका कार्यलय छन् । बाहिर लहरै माक्र्सदेखि माओसम्मका कलात्मक तस्वीर छन् । तस्बीरको दाँया पट्टीको भवनको भूइँतलामा छ ‘वाइसियलको कार्यल ।’ यहि भवनमा छ माओवादी केन्द्रको लाइब्रेरी पनि ।
लाईब्रेरीभित्र पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको हातले कोरेको तस्वीर छ । त्यसभन्दा अलि पर माक्र्सदेखि माओसम्मको सामुहिक तस्वीर छ । जसले आ–आफ्नो समयमा विश्वमा उथलपुथल नै ल्याएका थिए । तिनीहरुको सामुहि तस्वीर भन्दा अलि पर नेपालको क्रान्तिको नेतृत्व गरेका अध्यक्ष प्रचण्डको तस्विर छ । बिचमा गोलाकार टेबल छ । टेबलमाथि हुन्छन् केहि थान दैनिक पत्रिकाहरु । म त्यहाँ पुग्दा थोपस पिकेटिको क्यापिटल पनि त्यहि टेवलमा कुनै पाठकको पर्खाइमा थियो । थाहा छैन कोहि पाठक आएर विश्वमा भएको असमानताको बारेमा लेखेको पिकेटिको पुस्तको पाना पल्टायो अथवा त्यतिकै दराजमा थन्कीयो ?
कम्युनिष्टहरुका गुरु कार्लमाक्र्सले जीवनको धेरै समय लाईब्रेरीमा बिताएका थिए । तीनै गुरुका नेपाली चेलाहरुको कार्यलय पेरिसडाँडामा पनि ४ हजार पुस्तक छन् । यो लाइब्रेरीको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०६९ माघ ६ गते गरेका हुन् । लाइब्रेरी उदघाटनगरेपछि माओवादीका कुनैपनि नेता पढ्न त के ? के हो भनेर सोध्न पनि लाईब्रेरीको ढोका भित्र छिरेका छैनन् । लाईब्रेरीयन सावित्रा शर्मा भन्छिन ‘लाईब्रेरी खुलेको यतिका बर्ष भए माओवादीका ठूला दुई जना नेताहरु बाहेक अन्य नेताहरु कहिल्यै पढ्न र पुस्तक खोज्न आएनन् ।’
लाईब्रेरीमा दर्ता भएकामात्र ४ हजार पुस्तक छन् । अन्य पुस्तकहरु पनि छन् । यी पुस्तकहरु केहि नेताहरुले उपहारमा दिएका छन् । केहि बजारबाट किनेर ल्याइएका छन् । उपहार दिनेमा हेमन्त प्रकाश ओली पहिलो नम्बरमा छन् । उनले दिएका सबै पुस्तकहरु वैचारीक छन् । अनन्तले पनि केहि पुस्तक उपहार दिएका छन् ।
ओली अहिले माओवादी केन्द्र छोडेर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा छन् । उनी माओवादीमा हँुदा पेरिसडाँडा गएको दिन सधै लाईब्रेरी पसेर पढ्ने गर्थे । शर्माले बताईन् ‘ओली कमरेड कार्यलय आउनु भयो भने सधै लाइब्रेरी पसेर केहि पुस्तक पढेर जानु हुन्थ्यो ।’
लाईब्रेरीमा पुस्तक छन् पाठक छैनन्
संसार ज्ञानले नेतृत्व गरीरहेको छ । ज्ञान बिना मान्छे अन्धो जस्तो हुन्छ । कयौ देशहरुमा मान्छे फुर्सद हुनेबित्तिकै पुस्तक पढ्छन् । कार्लमाक्र्सको जिवनी अध्ययन गर्ने हो भने थाहा हुन्छ –उनको जिवन नै लाईब्रेरीमा वितेको थियो । उनले हेगेलदेखि डेविड रिकार्डो,चाल्स फुरी लगात अन्य दार्शनिकहरुका रचना लाईब्रेरीमा नै अध्ययन गरेका थिए । आज माओवादी पार्टीको केन्द्रीय कार्यलयमा ४ हजार पुस्तक छन् । तर पाठक छैनन । पुस्तक नै पाठक कुरेर बसेका छन् । शर्मा भन्छिन् ‘यहाँका पाठक भनेका केहि स्कुल पढ्ने भाइहरु हुन् । केहि कार्यलय वरीपरी बस्नेहरु । माओवादीहरु त क्यान्टिनमा चिया खाएर गफ गर्छन् तर लाईब्रेरीमा छिर्दैनन ।’
ठूला नेताहरु जस्तै छन् युवा नेताहरुपनि । कसैलाई पनि फुर्सद छैन लाइब्रेरी छिर्ने । युवाहरुमा पढ्ने र वैचारीक नेताका रुपमा चिनिएका लेखनाथ न्यौपाने एक दिन छिरेका छन् लाईब्रेरी । तर अन्य युवा नेताहरुको भने एक दिनको पनि साइत जुरेको छैन । कोहि जादै जादैन भन्दा पनि एक दुई जना नेताहरु भने प्रायजसो कार्यलय पुग्दा बसेर पढ्ने गरेको अनुभव सुनाउछिन् शर्मा ।
सबैभन्दा बढि लाईब्रेरीमा बसेर पढ्नेमा झक्कु सुवेदी,युवराज चौलागाई,पुष्पविक्रम मल्ल,धुब्र पराजुली पर्छन् ।
कस्ता कस्ता छन् पुस्तक ?
कम्युनिष्ट घोषणपत्र देखि माक्र्स एंगेल्सका संकलित रचनाहरु १–४१ भाग सम्म अंग्रेजीमा छन् । विश्व प्रख्यात पूँजीको भाग १ देखि ३ सम्म नेपाली र हिन्दीमा छन् । लेनिनका संकलित रचनाहरु १ देखि ४० भाग सम्म अंग्रेजीमा छन् ।
माओको रेड बुक देखि संकलित रचनाहरु,दुर्लभ रचनाहरु नेपालीमा छन् । कयौ माक्र्सवादी पुस्तकहरु हिन्दीमा पनि छन् । पछिल्लो समयको थोमस पिकेटीको चर्चित पुस्तक क्यापिटल पनि पाठकको पर्खाइमा टेवलमा त्यतिकै थन्केर बसिरहको छ । अझै पनि त्रिभुवन विश्व विद्यालयबाट बाबुराम भट्राईको आजको माक्र्सवाद खोज्न आउँछन् । माओवादी नेताहरु र कार्यकर्ताहरुका स्मरणहरु पनि लाइब्रेरीमा छन् । नेतारुले लेखेका वैचारीक पुस्तकहरु पनि छन् । तर, ती सबै पुस्तक पाठकको पर्खाइमा छन् ।