बिकल्प आयुर्वेद हेल्थ सेन्टरको शाखा दाङको घोराहीमा
दाङ– बिकल्प आयुर्वेद हेल्थ सेन्टरले दाङको घोराहीमा शाखा विस्तार गरेको छ । घोराही उपमहानगरपालीकाका प्रमुख नरुलाल चौधरीले सोमवार एक कार्यक्रमकाबीच हेल्थ सेन्टरको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै घोराही उपमहानगरपालीकाका प्रमुख चौधरीले पछिल्लो समय नागरिकहरुमा आयुर्वेद उपचारपद्धतीप्रति आर्कषण बढेको बताउँदै यसखाले सेवालाई गुणस्तरीय बनाउँदै अघि वढ्न आग्रह गरे ।
घोराहीमा बिस्तार गरिएको बिकल्प आयुर्वेदको यो चौथो शाखा हो । नारायणघाट मुख्य कार्यालय रहेको बिकल्प आयुर्वेद हेल्थ सेन्टरको काठमाण्डौं, पोखरा र धनगढीमा समेत शाखा रहेको प्रवन्धक आकाश थापाले बताए । हेल्थ सेन्टरले आयुर्वेद उपचार पद्धतीवाट गुण्स्तरीय सेवा दिने बताउँदै उनले पछिल्लो समयमा यस खाले उपचारप्रति मानिसहरुको आर्कषण बढ्दै गएको बताए ।
बिकल्पको सेवा आर्थिक रुपमा बिपन्न तथा जेष्ठ नागरिकलाई सुलभ मूल्यमा सेवा दिने यस बिकल्प आयुर्वेदले क्षारसूत्र बिधिवाट पाएल्स, पिस्टुला आदी रोगको निदान गर्दै आएको प्रवन्धक थापाको भनाई छ । वर्षौसम्म निको नभएको दीर्घरोगीहरुले आयुर्वेद उपचारबाट आफूलाई राहात महशुस गर्दै आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट