केन्द्रीय संस्करण
अन्तरवार्ता

‘पार्टीका हनुमानलाई नेतृत्वमा स्थापना गर्ने संस्कृतिको विपक्षमा उभिनैपर्छ’

नारायण ढकालसँगको अन्तरवार्ता

person explore access_timeचैत २०, २०७५ chat_bubble_outline0

पत्रकारिता होस् या प्रगतिशील साहित्य लेखन, दुवै क्षेत्रमा गहिरो पकड र ख्याति कमाएका सिद्धहस्त व्यक्तित्वको नाम हो– नारायण ढकाल । विगत लामो समयदेखि प्रगतिशील लेखक सङ्घ (प्रलेस)मा क्रियाशील ढकालले एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उक्त संस्थाभित्र देखापरेका विग्रह र विवादहरुलाई कसरी हेरिरहेका छन् ? रातोपाटीका लागि सुनिता न्यौपानेले उनै ढकालसँग गरेको कुराकानी :

प्रगतिशील लेखक सङ्घबारे पछिल्लो समय भइरहेको बहसमा तपाईं आफूलाई कहाँनेर उभ्याउनुहुन्छ ?

पछिल्लो समय बहस राम्रो भयो तर यो बहस अझै राम्रो हुनुपर्छ । परम्परागत ढाँचाको भएर प्रगतिशील लेखक सङ्घ बिग्रियो । त्यतातिर हामी नलागौँ भनेर वक्तव्य दिनेहरूको पङ्क्तिमा म पनि छु ।

यसको इतिहास हेर्दा २००९ सालतिर श्यामप्रसादजीले स्थापना गरेपछि केही समय सक्रिय भयो । पञ्चायत आइसकेपछि तितर बितर जस्तो भयो । यो संस्थालाई पुनर्जीवन दिनुपर्छ भनेर २०३६ सालमा अग्रज साथीहरूसँग मिलेर फेरि सुरु गर्याैं । २०३६ पछि २०४३ सम्म यो संस्थामा रहेर मैले काम गरे । त्यो बेलाको हाम्रो उद्देश्य पञ्चायतको विरोध गर्ने थियो । पञ्चायती व्यवस्थाले कला संस्कृतिको पक्षमा जुन नीति ल्याउँथ्यो, त्यो नीतिको पक्षमा हामी थिएनौँ ।

२०४६ पछि यो संस्थालाई अझ बढी सिर्जनशील बनाउन मैले कोसिस पनि गरँे । पछि उही पुरानो ढर्राले चल्न थाल्यो । प्रलेस पार्टीहरूको बीचको संयुक्त मोर्चा जस्तो थियो । तर पार्टीले लेखक नपठाई गैरलेखक मानिसहरू पठाउन थाल्यो । पुनर्गठनको बेलामा शक्तिशाली कवि विमल निभा केन्द्रीय सदस्य तयारी समितिमा थिए । तर उक्त संस्था पुनर्गठन गर्नुपर्ने भयो भनेर उनको ठाउँमा कुनै पार्टीको कार्यकर्ता ल्याएर उनलाई केन्द्रीय सदस्य समितिबाट हटाइयो । त्यो घटना हामीलाई चित्त दुख्दो र मन बिझाउँदो थियो ।

प्रलेस धेरै रुढिग्रस्त भयो । कला र ज्ञानको गहिराइमा जाँदै गएन । पदको कुरामा मात्र लेखकहरू धेरै लागेको कारणले यो बढी जडसूत्रवादी भयो भनेर मैले कुरा उठाउँदै आएको थिए । मलाई टेर्दै टेरेनन् ।

सुरुमा राम्रा सङ्केत पनि थिए । रमेश विकल कुनै पार्टीमै नभए पनि उहाँलाई अध्यक्ष बनायौँ । तर प्रलेसपछि पार्टीका भागबण्डामा जान थाल्यो । सातौँ महाधिवेशनमा मैले खगेन्द्र संग्रौलालाई तपाईं अध्यक्षमा उठ्नुहोस् प्रलेसको गलत प्रवृत्तिका विरुद्ध काम गरौँ भनो । मान्नुभयो । उहाँले भोट एकदमै कम पाउनुभयो । त्यो अर्कै कुरा थियो । जो प्रगतिशील हुन् र प्रगतिशील लेखकसँग असन्तुष्ट थिए, उनीहरूको साङ्केतिक विद्रोह थियो ।

साहित्यकार र कलाकारले सूत्रमा मात्र बुझ्नु हुँदैन । सूत्रमा मात्र बुझ्न थालियो भने राजनीतिक गल्तीहरू हुन सक्छ । यस्तो गल्ती रुसमा पनि भएको थियो । अरूको कुरा छाडौँ लेनिनले पनि यस्तो गल्ती गरे । गल्ती गरेको कुरासँग मेक्सिम गोर्कीले प्रतिवाद गर्नुभएको छ । 

अहिले नयाँ परिस्थिति आएको छ । नयाँ परिवर्तन मेरा कारणले आएको होइन । सङ्गीत स्रोता, विनोद विक्रम केसी, स्वप्निल स्मृति, राजु स्याङ्तान जस्ता अहिलेको होनहार, वैचारिक किसिमले सार्थक हस्तक्षेप राख्न सक्ने कविहरूले यो अभियान सुरु गरेछन् । त्यसको पछिल्तिर आहुति पनि विचारक रहेछन् । छुट्टिने भनेर विज्ञप्ति निकाल्नेको पक्षमा छु ।

आजको प्रगतिशीलता कस्तो प्रगतिशीलता ?

प्रगतिशीलता भन्ने कुरा वैचारिक हिसाबले सापेक्षित हुन्छ । एउटा समयमा कुनै कुरा प्रगतिशील हुन्छ भने समय बदलिँदै गइसकेपछि त्यो कुरा अप्रगतिशील हुँदै जान्छ । प्रगतिशील हुनलाई हिजो सामन्तवाद र साम्राज्यवादको विरोधी भए हुन्थ्यो ।

आज पनि सामन्तवाद अर्काे रूपले आइरहेको होला । सामन्तवाद भनेको पुँजीवादको एउटा चरम अवस्था हो । समाजमा रहेका उत्पादक शक्तिमा फरक सम्बन्ध पनि भएको होला । तर मूलतः पुँजीको चरित्र अहिले पनि मानव दोषी नै छ । साहित्यकार र कलाकारले सूत्रमा मात्र बुझ्नु हुँदैन । सूत्रमा मात्र बुझ्न थालियो भने राजनीतिक गल्तीहरू हुन सक्छ । यस्तो गल्ती रुसमा पनि भएको थियो । अरूको कुरा छाडौँ लेनिनले पनि यस्तो गल्ती गरे । गल्ती गरेको कुरासँग मेक्सिम गोर्कीले प्रतिवाद गर्नुभएको छ । 

माक्र्सले ‘साहित्यमा विचार हुनैपर्छ तर विचार जति लुकायो उति राम्रो’ भन्छन् । विचार हामी लुकाउँदैनौँ । विचार ह्वाङ्ग पार्ने, गहिराइमा नजाने, बोधको स्तर पनि धेरै कमजोर, हाम्रो साहित्य पनि कमजोर र प्रगतिशील साहित्य झनै कमजोर भएको छ ।

प्रगतिशील लेखकहरूले लेख्ने तरिका कति प्रगतिशील छ ?

प्रगतिशील लेखनमा हाम्रा ठूला कमजोरी छन् । चल्तीका शब्दहरू जस्तै भूमण्डलीकरणको विरोध लेखेपछि प्रगतिशील भइहालियो । त्यो शब्दावलीले विरोध हुँदैन ।

बे्रख्तले ‘गुड पर्सन अफ सिचुवान’ नाटक लेखे । जसमा कतै पनि पुँजीवाद देखिँदैन । त्यसमा दुईवटा पात्र छन् । एउटा बदमास, लुट फटाहा छ । अर्को गरिबलाई मद्दत गर्ने पात्र छ । देवताहरूले त्यहाँ अन्याय बढेछ बुझेर आऊ भनेर एउटा प्रतिनिधिमण्डल पठाए । देवताहरू हेर्न आउँदा दुईवटा मान्छे देखे ।  तर नाटक सकिने बेलामा दुवै मानिस एउटै रहेछ । त्यो कुरा यहाँ कसरी बुझिन्छ भने पुँजीवाद भनेको एउटा यस्तो प्रणली हो, जहाँ व्यक्तिगत सम्पत्तिको निम्ति अर्काेलाई थिचेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यो प्रणालीमाथि त्यसरी पो आक्रमण गर्नुपर्याे । भूमण्डलीकरण, बजारको विरोध भनेर राम्रो कविता हुँदैन ।   मान्छे किन अपराधी भए, किन वेश्या भए, चोर किन भए त्यो कुरा लेख्नुपथ्र्याे ।

मेश विकललाई अध्यक्ष बनाउँदा उनी दिनको एक घण्टा पूजा गर्थे । पूजा गर्ने मानिसलाई प्रगतिशील लेखक सङ्घको अध्यक्ष किन बनाएको भन्ने पनि आए । उहाँलाई माक्र्सवादी, लेनिनवादी त भनेको होइनौँ हामीले । कला र साहित्यप्रतिको इमानदारितालाई विचार गरेर प्रगतिशील लेखक मात्र भनेका हौँ ।

समाजवाद भनेको धेरै ठूलो कुरा हो । प्रजातन्त्रमा पनि म प्रजातान्त्रिक हुँ भनेर धाक नलगाए हुन्छ । समाजवादी प्रजातन्त्रभन्दा राम्रो अरू विकल्प समाजमा अरू छैन । पहिले धेरै बहस हुन्थ्यो । बहसलाई पनि निषेध गरियो । अहिले पार्टीमा कसेले प्रश्न उठायो भने उसले न टिकट पाउँछ न कुनै पदोन्नति । अहिले प्रगतिशीलहरूको लेखनमा पनि चुनौती धेरै छ । त्यो चुनौती स्वीकार गर्नुपर्याे ।

सम्पूर्ण वाम समर्थकहरूको साझा संस्था लगभग फुटिसकेको अवस्थामा छ । पक्ष र विपक्षमा चर्काे बहसहरू पनि भइरहेका छन् । यस्तो स्थितिको पूर्वानुमान गर्नुभएको थियो ?

प्रलेस अरू पार्टीहरू फुटेको जस्तो गरी फुट्यो भने त्यसको कुनै कामै छैन । किनभने अध्यक्ष वा कुनै एकेडेमीको पद नपाएर असन्तुष्टहरूले फुटाएर अर्काै बनाउने हो भने यसको अर्थ छैन । तर कला संस्कृतिमा काम गर्न, कला र संस्कृतिको शक्तिलाई स्थापना गर्न अस्तिको हाम्रो त्यो वक्तव्यले पुग्दै पुग्दैन ।

प्रगतिशील लेखक सङ्घ अवसरवादी हो, दलाल पुँजीवादीको संस्कृतिसँग आत्मसमर्पण गर्याे भन्ने खालका मोटा कुरा गरिरहका छन् । त्यति भनेर पुग्दैन । लेखकहरू पार्टीमा आएपछि प्रगतिशील हुन्छन् भन्ने मान्यताबाट हट्नुपर्याे ।

त्यसैले साँच्चिकै फुटेर दुईवटा टुक्रा हुने र समानान्तर पक्षपाती हुने हो भने यसको काम छैन । तर प्रगतिशील लेखक सङ्घ अर्काे कुनै नाममा बनाउने हो भने हुकुमबहादुर सिङलाई ल्याउन विमल निभालाई हटायौँ, चर्का शब्दलाई प्रगतिशीलता भन्यौँ ती पापहरूबाट मुक्त हुनुपर्छ ।

प्रलेस धार्मिक रुढतामा फसको आरोप छ । त्यो आरोप सत्यको निकट कति छ ?

लेखकको सामथ्र्यभित्रको कुरा हो । रमेश विकललाई अध्यक्ष बनाउँदा उनी दिनको एक घण्टा पूजा गर्थे । पूजा गर्ने मानिसलाई प्रगतिशील लेखक सङ्घको अध्यक्ष किन बनाएको भन्ने पनि आए । उहाँलाई माक्र्सवादी, लेनिनवादी त भनेको होइनौँ हामीले । कला र साहित्यप्रतिको इमानदारितालाई विचार गरेर प्रगतिशील लेखक मात्र भनेका हौँ ।

कार्ल माक्र्सले दुईवटा लेखकहरू छान्नुपर्ने भयो । एउटा बाल्जाक र अर्काे इमाइल जोला छाने । इमाइल जोला मजदुर हुन् र क्रान्तिकारी झण्डा बोकेर हिँडिरहन्थे । बाल्जाक राजतन्त्रवादी थिए । त्यो पनि संवैधानिक राजतन्त्र नभई तानासाही राजतन्त्रवादी । बाल्जाकको लेख इमाइल जोलाको भन्दा शक्तिशाली थिए । कुनै इतिहासकारले भन्न नसकेको, कुनै अर्थशास्त्रीले लेख्न नसकेको, कुनै समाजशास्त्रीले नबुझेको कुरा उनले आफ्ना किताबमा १८१६ देखि १८४०–४५ सम्मको समयमा लेखे भनेर माक्र्सले भनेका छन् ।

त्यसैले पूजा गरेछ भन्ने कुरालाई आधार बनाउनु हुँदैन । उसको व्यक्तिगत विचार र व्यवहारलाई हेर्न हुन्न । शब्द र कर्ममा एकता हुनुपर्छ । शब्द जसले लेख्छ व्यवहारमा पनि एकता हुनुपर्छ । पद पाइन्छ भनेर जे पनि गर्न तयार हुनुभएन । प्रश्न उठाउने सामथ्र्य गुमाउनु भएन ।

प्रलेस जुन उद्देश्यसहित अस्तित्ववान थियो, त्यो उद्देश्य प्राप्त गरिरहेको छ जस्तो लाग्छ ? वा उद्देश्य प्राप्त गर्ने गरी प्रलेसको सक्रियता कायम छ ?

उद्देश्य प्राप्त गरिरहेको छैन । प्रलेसमा जुन बेला राजनीतिक भूमिकाको आवश्यकता थियो, त्यसबेला राम्रै गर्याे । किनकि पञ्चायतको विरुद्ध उभियो, वक्तव्य दियो पञ्चायतका तमाम हिसाब किताबमा । अब त्योभन्दा पछाडिको स्थितिमा सत्तामा पो बदलाब आयो, संस्कृतिमा त आएन । ती संस्कृतिका कुराहरूमा मानिसहरू परिवर्तनपछि ठगिएका छन् । ती ठगिएका मानिसका पक्षमा बोल्ने कुरामा प्रलेस बढ्तै भुत्ते भयो । त्यसैले साथीहरूले नयाँ विकल्प खोजौँ भनेको त्यही भएर होला ।

पछिल्लो समय संस्थापन पक्ष प्रलेसकै पक्षमा देखिन्छन् । यो दृश्य स्वाभाविक छ ?

अहिले जसरी नेकपा बिग्रिँदै छ, त्यो धेरै डरलाग्दो छ । पूर्ण रूपले गलत दिशातिर छ । विचारहीनता, सामान्य पदस्थापना, अर्थ न वर्थको शक्ति स्थापना प्रलेसमा पछिल्लो समय भइरहेको छ ।  वैचारिक दिशाहीनताको बाटोतिर गइरहेको छ । पार्टीभित्र विशिष्ट प्रणाली बनिरहेका छैनन् । बनाउने पक्षमा पनि देखिँदैनन् । एउटै व्यक्ति स्वयम्भु बनेर निस्केको छ । अर्काे व्यक्तिले त्यसलाई औँठाछाप लगाइरहेको छ ।

यो पार्टी धेरै ठूलो सङ्कटतिर जाँदै छ । संस्कृतिको बारेमा नेकपामा चिन्तन धेरै अगाडिबाट देख्दिनँ मैले । मेरा लेखनमा सांस्कृतिक दिशाहीनता पहिलेदेखि नै थियो भनेर लेखेको छु । अहिले त झन चरमोत्कर्षतिर गहिरहेको छ ।

आन्दोलन भनेको मूल्य निर्माणको प्रक्रिया हो । मूल्य निर्माण प्रक्रियामा कुनै व्यक्तिले लेखेर पनि विरोध गरिरहेको हुन्छ । भोल्टायर र रुसोले आआफ्नो समयमा प्रतिवाद गरे । उनीहरू कुनै पार्टी र संस्थामा थिएनन् । नेकपामा संस्कृतिको क्षेत्रमा विचलन धेरै अगाडिदेखि आएको र मैले यसबारेमा धेरै अगाडिदेखि लेखेको हो । प्रगतिशील लेखक सङ्घ भनेको एउटा संस्था भयो, जसको पाइपबाट एउटा राम्रो मान्छे छिरे पनि नराम्रो भएर निस्किने भयो ।

जसले विकल्प खोज्दै हुनुहुन्छ तिनको अनुहार आशावादी देख्छु । व्यवहारमा पनि इमानदार देख्छु । नेकपातिर टाँसिएका साथीहरू पनि इमानदार छैनन् भनेको होइन । तर ती साथीहरू निश्चित रूपले अलमलिएका छन् । कि त पार्टीका हनुमानहरूलाई नेतृत्वमा स्थापना गर्ने संस्कृतिको विपक्षमा उभिनुपर्याे कि नेकपाको अहिले दिशाहीनताको विपक्षमा उभिनुपर्याे । जहाँसम्म ध्रुवीकरणको स्थिति छ, त्यसले बहसलाई निम्त्यायो । किनकि एउटा अथोरिटी मात्र हुनुपर्छ भन्ने छैन । चुनौती दिने अथोरिटी पनि आउनुपर्यो ।

नेतृत्व फेरेपछि ठीक हुन्छ वा विकल्प खोज्नु आवश्यक छ ?

नेतृत्व होइन । नेतृत्वको सवाल त दोस्रो कुरा होला । विचारको सवाल प्रथम कुरा हो ।

कम्युनिस्टको आदर्श मान्ने जुन कुनै संस्थामा विवाद र टुटफुटको शृङ्खला किन यति व्यापक देखिन्छ ? यो कुराको समाधान विभाजन मात्रै हो ?

विश्वमा सोभियत सङ्घ सिद्धिएपछि मान्छेहरूमा निराशा आयो । चीनले बाटो फेर्याे । ल्याटिन अमेरिकाका आन्दोलन कहिले उठ्दै कहिले सेलाउँदै गरे । माक्र्सवादलाई प्रस्थान विन्दुबाट लागू गर्ने कुरामा इतिहासदेखि नै गल्तीहरू भएका छन् । त्यसैले मुक्तिको महाआख्यानलाई नयाँ ढङ्गले सोच्नुपर्याे । अहिले विचारहीनताको समय छ । पुरानो विचारले काम नगर्ने भए भने नयाँ विचारले बाटो नदेखाउने भए । सयौँ विचारहरू हुर्कन देऊ सयौँ फूलहरू फुल्न देऊ । सयौैँ विचारहरू हुर्कन दिने वातावरण बनाउनुपर्याे । बहस धेरै गराउनुपर्याे । पार्टीभित्र बुद्धिजीवीहरू हुनुपर्याे ।

राजनीतिक पार्टीको छाया हुनुहुन्न भन्ने होइन । राजनीतिक पार्टीहरू राम्रो बाटोमा हिँड्दा झोला बोकेरै हिँडेको हो । क्षमता नभएको मानिसलाई नेता मानेर हिँडेको हो म पनि । किनभने उसको नियत मुक्तिगामी थियो । तर पार्टीको छाया हुनु नराम्रो कुरा होइन ।

हामीले बनाएका संस्थामा सबै हनुमानहरूलाई राख्ने परिपाटी छ । युनिभर्सिटीको उपकुलपतिमा पनि हनुमान लैजाने गर्छन् । शिक्षा बुझेको मानिस लैजानुपर्याे । संविधानमा समाजवादतिर जान्छु भन्ने, व्यवहारमा श्रमपुँजीवादतिर जाने विसङ्गति छ । यो धेरै खतरनाक कुरा हो । हाम्रा नेकपाका मानिसहरूको आलोचना गर्नुहोस्, उनीहरूले जिन्दगीभर मनमा लिइराख्छन् । कुन दिन यसलाई ठीक पार्छु भनेर बस्छन् । लेखकहरूले वास्तवमा पद खोजिरहेको हुँदैन । अहिले नेकपाका नेता क्षणभङ्गुर अवस्थामा छन् । तिनीहरूको अल्प इतिहास हो । तिनीहरूको भविष्य नै देख्दिनँ मैले ।

हाम्रोमा वैचारिक पुनर्गठनको आवश्यकता छ । वैचारिक पुनर्गठनमा एकजना मानिस मात्र मसिहा भएर हुँदैन । संस्थाहरू बनाउँदा क्षमता, चरित्र र इमानको आधारमा बनाउनुपर्छ । वैचारिक दिशाहीनताका कारणले समस्या उत्पन्न भएका हुन् ।

अहिलेसम्म सबैको साझा थलो भएको प्रलेस अब फरक फरक विचार राख्नेको समूह बन्न लागेपछि झन् समस्या बल्झिने खतरा हुन्छ ?

मलाई समस्या समाधान हुन्छ जस्तो लाग्छ । किनभने राजाको समयमा राजा एक्लै थिए । राजाले जे भने पनि कानुन हुन्थ्यो । एउटा हुँदा समस्या हुँदोरहेछ नि । त्यसको परिवर्तन आवश्यक हुनेरहेछ । कुनै पनि संस्थाको प्रासङ्गिकता भनेको त्यसले आफ्ना समयका चुनौतीलाई सामना गर्छ वा गर्दैन भन्ने कुरा हामीले सोच्नुपर्ने हुन्छ ।

राजनीतिक पार्टीको छाया त जति संस्था खोले पनि प्रस्ट देखिँदै आएको छ । यसबाट मुक्त भएर प्रगतिशील हुने कसरी ?

राजनीतिक पार्टीको छाया हुनुहुन्न भन्ने होइन । राजनीतिक पार्टीहरू राम्रो बाटोमा हिँड्दा झोला बोकेरै हिँडेको हो । क्षमता नभएको मानिसलाई नेता मानेर हिँडेको हो म पनि । किनभने उसको नियत मुक्तिगामी थियो । तर पार्टीको छाया हुनु नराम्रो कुरा होइन । पार्टी कस्ता छन् भन्ने मुख्य कुरा हो । गलत पार्टीको छाया हुन थाल्यो भने अर्काे विकल्प छँदै छ ।

हामीले बुझेसम्म प्रगतिशीलको अर्थ यथास्थितिभन्दा अगाडि बढ्ने, खराब र अगतिशील पक्षमाथि निर्मम बन्ने, त्यसको खरो आलोचना गर्ने र विरोध गर्ने हो । के हाम्रो बुझाइ सही छ ?

खराब कुराको विरुद्धमा उभिने त सही छ । त्यति भनेर प्रगतिशील लेखकका चुनौती र दायित्व पूरा हुँदैन । कथा लेख्ने बेलामा अर्काै खालको विधानमा जानुपर्ने हुन्छ । त्यसैले अलि बढ्ता गहिराइमा बुझ्नु पर्याे । चुट्किला जस्ता कविताहरू लेख्नुभएन । प्रलेसको कारणले पनि त्यस्तो भएको होइन । आम लेखकको पनि समस्या हो । जसले अहिले बाटो खोजिरहको छ त्यो कुरा सकारात्मक देख्छु ।

समसामयिक सन्दर्भमा कुरा गर्दा प्रगतिशील लेखक सङ्घले यथास्थितिवादको विरुद्ध र सत्ताले निर्वाह गरिरहेको अप्रगतिशील काम कारबाही र चरित्रको बारेमा आलोचनात्मक चेत राख्न नसकेको, सत्ताले उल्टो दिशातिर डोर्याउने खालको चरित्रमा गइरहेको आरोपमा तपाईं कतिको सत्यको नजिक हुनुहुन्छ ?

मेरो घरमा बिहान उठ्नासाथ मेरी बुहारी चिया पकाउन जानुपर्छ । चिया पकाउन पुरुष जानु परेन ? मेरो गाउँमा सार्की गाउँ छ । उनी मेरो घरमा पस्न नै हुन्न रे । त्यो मिल्यो ?

सत्ताको निकट हुनै नहुने होइन । राज्यसत्तालाई कस्तो बनाउने ? पूर्ण रूपले तानासाही बनाउने कि अलि बढ्ता खुकुलो, नयाँ विचारलाई स्वागत गर्ने भन्ने कुरा हो । हामीले समाजका समस्यालाई सामना गर्न नसक्ने संस्थाहरू बनाइयो । भ्रष्ट संस्थाहरू बनाइयो । पार्टीसँग औँला ठड्याउने मानिसलाई ठाउँ नदिने गरियो । हेजेमोनी भन्ने कुरा सत्ताको मात्र पनि हुन्न । समानान्तर हेजेमनी पनि हुन्छ । विचार र व्यवहारको समन्वयमा नयाँ साथीहरूले अत्यधिक ध्यान पुर्याउनुपर्छ । किनभने चलिरहेको सनातन सङ्गठनको विपक्षमा प्रतिवाद गर्नु भनेको ठूलो जोखिम हो । अर्काे सङ्गठन स्थापना गर्नका लागि तिनीहरू धेरै गम्भीर हुनुपर्छ । ईष्र्याले काम गर्नुहुँदैन । विचार मिलेन, विचार खोजौँ । इतिहाससम्बन्धी बुझाइ कमजोर भयो, इतिहास खोजौँ । हाम्रो राष्ट्रिय एकतासम्बन्धी विचार पुराना भए । नयाँ राष्ट्रिय एकता कसरी हुुन्छ ? ती विचारहरू खोजौँ । यसरी अत्यन्त गहिराइमा जानुपर्याे ।

प्रगतिशील लेखक सङ्घ नछाड्दा त आनन्द थियो, छोडिसकेपछि धेरै ठूलो चुनौती यिनीहरूलाई छ । त्यो चुनौती उहाँहरूले स्वीकार गर्नुपर्छ । चुनौतीमा तपाईं आउनुपर्छ भन्नुभयो भने म जादिनँ । किनभने उहाँहरूको नेतृत्वमा चल्ने हो हामी त अब ।

प्रगतिशील शब्दले बोक्ने अर्थ र भार के हो ?

मेरो घरमा बिहान उठ्नासाथ मेरी बुहारी चिया पकाउन जानुपर्छ । चिया पकाउन पुरुष जानु परेन ? मेरो गाउँमा सार्की गाउँ छ । उनी मेरो घरमा पस्न नै हुन्न रे । त्यो मिल्यो ? म राजधानीमा बस्छु डाक्टरको कमी भएन । तर गाउँमा डाक्टरकहाँ नगएर झारफुकमा जाने छन् । गाउँमा मानिसहरूले डाक्टरहरूकहाँ पुग्ने पहुँच बनाउने परेन ? प्रगतिशीलताको अर्थ त्यो हो । किसानहरूले तरकारी उत्पादन गर्छन् । विचौलियाले धेरै खान्छ । किसानले ठिक्क मूल्य पाउनु परेन ? प्रगतिशीलहरूको ठूलो दायित्व छ ।

प्रलेस किन आलोचित भएको छ ?

आालोचना धेरै राम्रो कुरा  हो । संस्कृतमा एउटा श्लोक छ, ‘वादे वादे जायते तत्वबोधः’ । जति धेरै आलोचना गर्याे त्यति तत्वबोध हुन्छ रे । त्यो कुरा पहिल्यै भनेको रहेछन्, त्यसलाई किन अनौठो रूपले हेर्ने ? ज्यादाभन्दा ज्यादा वादविवाद हुनुपर्छ । पार्टी मन परेन भने नयाँ पार्टी खोले पनि हुन्छ । आहुतिले नयाँ पार्टी खोल्छु भनेका छन्, उनको पनि जाँच हुन्छ अब । प्रचण्डलाई हामी जाँच गर्ने भन्छौँ आहुतिलाई जाँच नगर्ने ?

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...