श्रीमतीले नै श्रीमानविरुद्ध बलात्कार मुद्दा दिएपछि...
आफ्नो इच्छाविपरित श्रीमान्ले शारीरिक सम्पर्क राखेको भन्दै रुपन्देहीकी एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा जवरजस्ती करणीको उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३५ वर्षीया विवसदेवी (नाम परिवर्तन) ले ४० वर्षीय फशादराम (नाम परिवर्तन) विरुद्ध चैत १२ गते जवरजस्ती करणीविरुद्धको जाहेरी दिएकी हुन् ।
बैवाहिक जवर्जस्ती करणीविरुद्ध श्रीमतिले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जनाएको छ ।
गोपनीयताको हकलाई ध्यानमा राखेर प्रहरीले उनको विवरण खुलाएको छैन ।
उक्त घटनासहति पछिल्लो तीन हप्तामा रुपन्देहीमा शृङ्खलाबद्ध तीन ठूला व्यक्ति हत्याका घटना र ६ वटा बलात्कार घट्नाका मुद्दा रुपन्देही प्रहरीमा परेको जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए ।
जवर्जस्ती करणी उद्योगका आरोपी एक जना फरार रहेपनि अन्य ५ वटै बलात्कार मुद्दाका आरोपी र तीनवटै हत्याका अभियोगीहरुलाई रुपन्देही प्रहरी पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी
-
सिंहदरबार वैद्यखानाबाट औषधीको उत्पादन बढाउन मन्त्री पौडेलको आग्रह