विनाशकारी आँधी : नेता गाउँमा पुग्दा डाँको छाडेर रुन थालिन् रेकमा खातुन (फोटोफिचर)
बारा– फेटा गाउँपालिका–३ पुरैनियामा मंगलबार मध्यान्ह राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पुग्दा रेकमा खातुन डाँको छाडेर रुँदै थिइन् ।
‘मेरो बावु .. मेरो बावु खोई ?’
रेकमा जति जोड्ले छाती पिटेर रुन्थिन् उनको काखमा रहेकी दुई वर्षीया छोरी पनि उत्तिकै कडा स्वरमा चिच्याउँदै रुरुँदै गरेको दृश्यले देखेर जो–कसैको मन रुन्छ । आइतबारको विनाशकारी आँधीका कारण रेकमाले आफ्नो ३ वर्षीय छोरा फैयाज अन्सारीलाई गुमाएकी थिइन् । महताेले नरुन भन्दै अनेकन ढाडस दिँदासम्म उनी रुन राेकिन सकिनन् ।
रेकमा मात्र हैन, पुरैनीमा रहेका अधिकांश मुस्लिम परिवारको आँशु थामिएको छैन् । विनाशकारी आँधीका कारण पुरैनियामा मात्र ९ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय स्थानीय अस्पतालको बोडमा छन् ।
आँधीले घरको छाना सखाप बनाएको छ । रुखका हाँगाहरु चुँडिएर खण्डहरु बनेको छ । मंगलबार बिहानबाट फाट्टफुट्ट त्रिपाल पुग्न थालेका छन् ।
ओढ्ने ओछ्याउनेको जोहो अझै हुन सकेको छैन । आँधीले बस्ती सखाप पारेपछि संघसंस्था र राजनीतिक दलका नेताहरु कतिपय राहत लिएर पुगेका छन् भने कतिपय रमिता हेर्न मात्र । मंगलबार मध्यान्ह प्रदेश नम्बर–२ का सभामुख सरोज यादव पनि पुरैनिया पुगेका थिए ।
आँधीको पीडाले फेटाको भलुही, भरवलिया र पुरैनियाको आँशु अझै थामिएको छैन । दिनचर्या सामान्य हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्डले भने- भाटभटेनी प्रचण्डको हो भनी भ्रम हट्यो
-
आरोग्य र आध्यात्मिक शक्तिका लागि कार्तिक स्नान
-
ज्ञानेन्द्र शाहलाई भेटेको हल्लाको प्रचण्डद्वारा खण्डन
-
म ७० पुगेँ तर फेरि अर्को क्रान्तिको नेतृत्व गर्ने आँट छ : अध्यक्ष प्रचण्ड
-
अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौँ : प्रचण्ड
-
सरकार माओवादी पार्टी फुटाउने षड्यन्त्र लाग्यो : प्रचण्ड