शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोजगारी मुलक विकास आजको आवश्यकता : मुख्यमन्त्री पौडेल

मङ्गलबार, १९ चैत २०७५, २० : २५
मङ्गलबार, १९ चैत २०७५

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि लक्षित रोजगारीका कार्यक्रम आवश्यक भएको बताएका छन् । 

नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ को आयोजनामा ‘सङ्घ, प्रदेश र स्थानीय सरकार समन्वय र सहकार्य’ विषयको अन्तरसम्वादमा मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वय नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने दाबी गरे । 

समन्वय र सहकार्यबाट मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने मुख्यमन्त्री पौडेलको धारणा थियो । 

उनले स्थानीय, प्रदेश तथा सङ्घीय सबै सरकारका आआफ्नै समस्या भएकाले समस्याका बीचमा रहेर पनि राम्रो काम गर्नुपर्नेमा  जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप