शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसईई पछिको गन्तव्य कता ?

करियर एक्सिडेन्टबाट जोगिन के गर्ने ?
मङ्गलबार, १९ चैत २०७५, ०९ : ३४
मङ्गलबार, १९ चैत २०७५

भर्खरै सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसईई) परिक्षा सम्पन्न भएको छ । एसईईपछि अढाई महिना बिदा हुन्छ । धेरै विद्यार्थीको मनमा लाग्ने स्वाभाविक प्रश्न के हो भने परीक्षा पछाडिको खाली समयमा के गर्ने ?

अहिले नेपालमा एसईई पछिको खाली समयको सदुपयोग होस् भनेर विभिन्न शैक्षिक संस्थाहरुले ब्रिजकोर्स सञ्चालन गर्ने गरेका छन् । कति विद्यार्थी यो खाली समयको सदुपयोग गर्न विभिन्न कोर्सहरु गर्ने गर्छन् भने कतिले यतिकै समय बिताइरहेका हुन्छन् । यस्तो खालि समयको सदुपयोग गर्न विद्यार्थीहरुलाई प्रेरित गर्दै विभिन्न शैक्षिक संस्थाहरुले आकर्षक अफरहरु पनि सार्वजनिक गर्ने गरेका छन् ।

टिन एजर्स विद्यार्थीहरुमा के गर्ने कसो गर्ने भन्ने बारे निर्णय क्षमतामा विकास भइसकेको हुँदैन । यस्तो अवस्थामा साथीभाइ अथवा अरूको लहैलहैमा लागेर कतिले गलत बाटो पनि रोज्न सक्छन् । यो उमेरमा गलत बाटोमा लाग्ने सम्भावना ज्यादा हुने भएकाले उनीहरुलाई सही मार्गनिर्देशको खाँचो अनिवार्य हुन्छ ।

विद्यार्थीलाई सिर्जनशीलतामा लगाउन र भविष्य निर्धारण गर्न सही परामर्श जरुरी हुन्छ । सही मार्गनिर्देशनको अभावमा धेरैले करियर एक्सिडेन्टको सामना गर्नुपरेको यथार्थ छ । विद्यार्थीलाई सही मार्ग देखाउनकै लागि भनेर खुलेका विभिन्न शैक्षिक संस्थाहरुमार्फत परामर्शका साथै अध्ययनमा मद्दत लिन सकिन्छ ।

नेपालमा २८ वर्षदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएको अल्फा बिटा ब्रिजकोर्स सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था हो । खाली समयको सदुपयोगका लागि मात्र सञ्चालनमा आएको ब्रिजकोर्सलाई अल्फाबिटाले करियर काउन्सिलिङका रूपमा विकास गरेको छ ।

ब्रिजकोर्स

कक्षा १० र त्यसपछिको कक्षासँग जोडिनलाई सहयोग गर्ने माध्यम हो ब्रिजकोर्स । ब्रिजकोर्स कहाँ पढ्ने, कुन विषय लिने, आफ्नो रुचि केमा छ, भोलिको योजना के छ लगायका पक्षमा सही परामर्शसँगै अध्यापन गराइने माध्यम हो ।

सामान्यतया विज्ञान विषय अध्ययन गर्नेहरुले मात्र ब्रिजकोर्स गर्ने परिपाटी रहे पनि यसको धारणामा परिवर्तन आएको छ । हाल विद्यार्थीहरु व्यवस्थापन, मेडिकल, नर्सिङ, इन्जिनियरिङ जस्ता विषय अध्ययन गर्नका लागि ब्रिजकोर्स गर्ने गरेका छन् ।

कलेज भर्नाका लागि लिइने प्रवेश परीक्षाको तयारी कसरी गर्ने, ती कलेजको व्यवस्थापन कस्तो छ । फरक–फरक स्थानबाट आउने साथीहरूसँग कसरी घुलमिल हुनेदेखि अध्ययन गर्न चाहेको कलेजको वातावरणलगायतका बारेमा ब्रिजकोर्समै पूर्वजानकारी पाउन सकिन्छ । साथै विद्यार्थीको कलेज यात्रालाई सहज बनाउनेदेखि उनीहरूको सीप विकासमा पनि ब्रिजकोर्सले मद्दत गर्ने अल्फाबिटाका सिनियर म्यानेजर सौरभ श्रेष्ठ बताउँछन् ।

कतिपयले सही विषयको छनौट गर्न नसक्दा भविष्य नै अन्यौल बनेको र विषय नै परिवर्तन गर्नुपरेका उदाहरण हाम्रो समाजमा प्रशस्त छन् ।  ११ कक्षा अध्ययनको समयलाई भविष्यको आकार कोर्ने समयका रूपमा पनि लिने भएकाले सही विषयको छनौट नै भविष्यको आधार बन्न सक्ने श्रेष्ठ बताउँछन् ।

कक्षा १० सम्मको अध्ययनलाई सामान्य अध्ययन मानिए पनि त्यसपछिको अध्ययनलाई विशिष्ट श्रेणीमा राखिएको छ । यसैले पनि ११ कक्षामा के पढ्ने कहाँ पढ्ने भन्ने निर्णय नै भविष्यको आधार बन्नेछ । यसका लागि सही परामर्शको जरुरत पर्छ ।

ब्रिजकोर्सको समय मात्र १० हप्ताको हुन्छ । यो छोटो समयमा विद्यार्थीले आफ्नो निर्णय क्षमता नै परिवर्तन गर्न सक्ने गरी ब्रिजकोर्स उपयोगी सावित हुन्छ । विशेषगरी एड्भान्स कलेजको प्रवेश परीक्षालाई यो कार्सले अझ बढी सहज बनाइदिन्छ । त्यसैले पनि यसमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ ।

अल्फाबिटाले ब्रिजकोर्सलाई कलेजमा लिइने प्रवेश परीक्षालाई मात्र केन्द्रित नगराएर करियर काउन्सिलिङमा केन्द्रित गर्दै लगेको छ । यसले विद्यार्थीलाई आफ्नो भविष्य रोज्न मद्दत मिल्नेछ ।

सचेत विद्यार्थी र अविभावक

हाम्रो समाजको चेतना स्तर हेर्ने हो भने हिजो र आजमा धेरै नै परिवर्तन आएको छ । पहिले अविभावकले जहाँ लगेर भर्ना गरिदियो, जे पढ भन्यो त्यही पढ्थे छोराछोरी । तर अहिले उनीहरु आफ्नो रुचिअनुसारको विषय छनौट आफै गर्न सक्छन् । आफ्नो भविष्यका लागि सही गलत छुट्याउन अग्रसर हुन्छन् । अविभावकहरु पनि सन्तानको रुचि र विश्व परिवेशमा ध्यान दिन थालेको पाइन्छ ।

अल्फाबिटाका सिनियर म्यानेजर सौरभ श्रेष्ठ भन्छन्, ‘१० कक्षासम्म अध्ययन गर्दा विद्यार्थीहरुले एउटा धार बनाइसकेका हुन्छन् । तर यो धारलाई पहिचान गर्नु प्रमुख चुनौती हो । एउटा विद्यार्थीको शैक्षिक भविष्य सफल हुनका लागि उसको रुचि, क्षमता, परिवारको आर्थिक अवस्था, सामाजिक अवस्था सबै कुराले प्रभाव पारेको हुन्छ । हाम्रो २८ वर्षको शैक्षिक अनुभवले के देखाएको छ भने विगतको दिनमा अभिवावकहरु मेरो छोरा छोरीले यो नै पढ्नपर्छ भनेर दबाब दिने गर्दथे । तर आजको दिनमा अभिवावकहरु यो अवस्थामा छैनन् । बालबालिकाको भविष्यप्रति उनीहरु निकै सजग छन् । यस विषयमा खुलेर कुरा गर्न चाहन्छन् । आज प्राविधिक शिक्षाका नयाँ नयाँ विषयहरुमा विद्यार्थीको रुचि पनि बढ्दै गइरहेको छ ।’

विशेष गरेर विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्या दिनानु दिन बढ्दै गइरहेको अवस्थामा नेपालमा पनि उपयुक्त शैक्षिक संस्थाहरु भएको र नेपालमै रुचि अनुसारको विषय अध्ययन गर्न सकिन्छ  भनेर स्वदेशको शिक्षामा प्रोत्साहन गर्न लागि परेको अल्फा बिटाले बताएको छ । राम्रो अध्ययनका लागि उपयुक्त गन्तव्य विदेश मात्र होइन, नेपाल पनि शिक्षाका लागि सही गन्तव्य बन्नेमा विद्यार्थी अनि अविभावकलाई परामर्श गर्दै आएको अल्फा बिटाका सिनियर म्यानेजर श्रेष्ठले बताए ।

सेल्फ डिस्कभरलाई महत्व

अल्फाबिटाले विद्यार्थीको सेल्फ डिस्कभरलाई महत्व दिएको बताएको छ । विद्यार्थीले आफ्नो क्षमता र रुचिलाई पहिचान गरी अगाडि बढ्नु जरुरी हुन्छ ।  त्यसैले यस्ता कुरालाई मनन गरी विद्यार्थीको सेल्फ डिस्कभरलाई प्राथमिकता दिएको अल्फाबिटाले बताएको छ ।

चैत २४ गतेदेखि करिब २ हजार विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने तयारी अल्फाबिटाको छ । अल्फाबिटाले सबैभन्दा पहिले विद्यार्थीको आचरण परिक्षण गर्ने, त्यसपछि क्षमता र अन्य कुराहरुलाई ध्यान दिनेछ । करिब १० हप्ताको कोर्समा विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरेर अध्यापन गराउँदै आएको अल्फाबिटाले क्वालिटीमा कम्प्रोमाइज नगर्ने बताएको छ ।

अल्फाबिटाले साइन्स, म्यानेजमेन्ट, नर्सिङ, ए लेभल जस्ता विषयहरुको लागि कोर्स तयार गरेका छ । अल्फाबिटाका सिनियर म्यानेजर श्रेष्ठले भने, ‘हामीले पढाइ मात्र नभई खेल, म्युजिक, अडियो, भिडियो, रोबर्ट जस्ता माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउनेछौँ । हामीले २ प्रकारले ब्रिजकोर्सको तयारी गरेका छौँ । विषयगत र वस्तुगत गरी २ प्रकारको छ । कलेज र सङ्कायअनुसार अध्यापन गराइने छ ।’

अहिलेको समय ग्लोबल नेटवर्कको हो । विद्यार्थीलाई आफू कसरी सबल र सक्षम हुने भन्नेबारे अविभावक, साथीभाइ अनि शैक्षिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यसैले पनि अल्फाबिटाले विश्व बजारसँग कसरी प्रतिस्पर्धामा जाने भनेर विद्यार्थीहरुलाई मार्गनिर्देश मात्रै होइन, गन्तव्यको खोजीमा पनि सहयोग गर्दै आइरहेको छ ।

क्वालिटी बेसमा व्यावसायिक वातावरण

अल्फाबिटाले क्वालिटीमा कम्प्रोमाइज नगर्ने बताएको छ । ब्रिजकोर्सका लागि न्यूनतम ९ हजारदेखि १० हजार रुपैयासम्म शुल्क तोकेको अल्फाबिटाले विद्यार्थीलाई उपयुक्त वातावरणमा आवश्यक परामर्शसँगै अध्यापन पनि गराउने छ ।

‘हामीसँग विद्यार्थीले सजिलै सिक्न सक्ने वातावरण र उच्च व्यावसायिक शिक्षकहरु रहेका छन् । जसले गर्दा विद्यार्थीलाई थप ऊर्जा मिल्ने छ ।’ अल्फाबिटाका सिनियर म्यानेजर श्रेष्ठ भन्छन्, ‘हरेक विद्यार्थीको उत्कृष्ट कलेजमा पढ्ने सपना हुन्छ । त्यसका लागि हामीले विशेष कोर्सको तयारी गरेका छौँ । सँगसँगै कुनै विद्यार्थीले कुन विषयमा कति प्रगति गर्न सक्छ भनेर हामी करियर काउन्सिल गर्छौं ।’

करियर काउन्सिलिङ

विद्यार्थीको करियर काउन्सिलिङ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । अल्फाबिटाले १० हप्ताको समयलाई करियर काउन्सिलिङमा केन्द्रित गाराउँदै विद्यार्थीलाई सही बाटोमा हिँड्न मद्दत गर्ने बताएको छ ।

नेपालको युवा जनशक्ति विदेशिँदै गएको अवस्थामा अस्ट्रेलिया विद्यार्थीको मुख्य गन्तव्य बनेको छ । यस्तोमा विद्यार्थीको क्षमता बुझेर गन्तव्य अस्ट्रेलिया नभई नेपाल या भारत पनि हुन सक्नेबारे बुझाउँदै आएको श्रेष्ठ बताउँछन् ।

शिक्षामा राज्यले ठूलो लगानी गरेको छ, त्यसैले नेपालमै उत्कृष्ट शैक्षिक संस्थाहरु रहेको र भविष्य यही बनाउन सकिनेबारे काउन्सिलिङ गर्ने गरेको अल्फा बिटा बताउँछ ।

मुख्यतः एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविष्य के हो ? यो कुरामा ध्यान दिइरहेको श्रेष्ठ बताउँछन् । विद्यार्थीले लिएको ज्ञान, सीपले उच्च व्यावसायिक सफलता हात पार्न सकोस् भनेर विशेष कोर्स सञ्चालन गरेको उनी बताउँछन् ।

विद्यार्थीहरुलाई पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराई वृत्ति विकासमा सहयोगी बन्दै आएको छ अल्फाबिटा । ब्रिजकोर्सको अवधिमा विद्यार्थीहरुलाई खेल, म्युजिक (गायन, वाद्यवादन), टेक्निकल क्षेत्र (रोबोर्ट, इलेक्टिक सर्किट) लगायतका क्रियाकलापमा सहभागी गराउने गरेको श्रेष्ठले बताए ।

धेरै विद्यार्थीहरु साइन्स नै पढ्ने भनेर आउने गरे पनि १० हप्ते अवधिमा आफ्नो क्षमता र रुचि पहिचान गर्न सक्छन् । आफ्नो क्षमता अनुसारको विषय छनोट आफै गर्न सक्छन् ।

आफ्ना लागि निर्णय गर्न नसक्ने विद्यार्थीका लागि भने संस्थाले मार्गनिर्देशन गर्ने गरेको अल्फाबिटाका सिनियर म्यानेजर श्रेष्ठ बताउँछन् ।

इन्डस्ट्री एक्सपर्टहरुबाट काउन्सिलिङ

अल्फाबिटाले ब्रिजकोर्सको अवधिमा विभिन्न क्षेत्रका एक्सपर्टहरुलाई ल्याएर विद्यार्थीहरुसँग अन्तर्क्रिया गराउने गरेको छ । यसबाट विद्यार्थीहरु आफ्नो रुचिअनुसारको विषय छनौट गर्न सक्षम मात्र होइन, क्षमता अभिवृद्धिमा पनि सहयोगी सावित भएको छ ।

अल्फाबिटाले अनुभवी र दक्ष शिक्षकहरुबाट कक्षा सञ्चालन गर्ने र विद्यार्थीको रुचिअनुसार साइड भिजिट गराउने गरेको छ । उनीहरुले अध्ययन गर्न चाहेको कलेज वा संस्थाबारे जानकारी दिनुका साथै कलेजको वातावरण सम्बन्धमा पनि जानकारी दने गर्छ । उनीहरुलाई डेमो कक्षाहरुमा सामेल गराउने गरेको छ । यसले, विद्यार्थीलाई अध्ययन गर्न चाहेको कलेज र विषयबारे पूर्वजानकारी मिल्नेछ ।

विद्यार्थीको प्लास टुदेखि माथिको (८–१०) वर्षको अध्ययनलाई सफल बनाउनका लागि ब्रिजकोर्स उपयोगी सावित भएको छ । ब्रिजकोर्सको मुख्य उद्देश्य भनेको नै विद्यार्थीको भविष्यमा हुन सक्ने करियर एक्सिडेन्टबाट बचाउनु हो । यस्ता कार्यको लागि विभिन्न शैक्षिक संस्थाहरु सक्रिय रूपमा लागेका पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप