शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग, बैशाख १५ भित्र दिइसक्नुपर्ने

सोमबार, १८ चैत २०७५, १६ : १०
सोमबार, १८ चैत २०७५

काठमाडौं–अर्थमन्त्रालय राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेटमा कस्तो खालको भन्सार महसुल, आयकर, अन्तशुल्क चाहिएको हो सो बारे सरोकारवालाहरुसँग सुझाव मागेको छ ।
 केही समययता अर्थमन्त्रालय राजस्व समितिले वार्षिक बजेट तथा राजस्व नीति कार्यक्रम तर्जुमा गर्दा सबै क्षेत्रबाट सुझाव माग्दै आएको छ । आगामी आर्थिक वर्षको (२०७६÷०७७) को बजेट तर्जुमा गर्दा विद्यमान राजस्व नीति, भन्सार महसुल, मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर र राजस्व चुहावट नियन्त्रणका साथै समग्र राजस्व प्रशासनका सुधारमा सुझाव दिन भनेको छ । सुझाव बैशाख १५ गतेसम्म दिइसक्नुपर्ने छ । 
सरकार आगामी आर्थिक वर्षको बजेट तयारीका लागि आन्तरिक गृहकार्य शुरु गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप