विप्लव समूहले बारा घटनामा निकाल्यो यस्तो विज्ञप्ति
सोमबार, १८ चैत २०७५, १३ : ३९

काठमाडौं – आइतबार बारा र पर्सामा आएको भीषण हावाहरीबाट हुन गएको धनजनको क्षतिप्रति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले दुःख व्यक्त गरेको छ ।
उक्त समुहका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको र सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन् ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
उक्त समूहले यो घडीमा मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापनको माग गरिएको छ ।
विज्ञप्तिको पूर्णपाठः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
-
१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
-
रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी