सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

प्रियंका निकको सम्बन्धविच्छेदबारे आमा मधु चोपडाले दिइन् यस्तो जवाफ

सोमबार, १८ चैत २०७५, १३ : ३०
सोमबार, १८ चैत २०७५

बलिउड नायिका प्रियंका चोपडा र निक जोनको सम्भावित सम्बन्धविच्छेदको खबरमा प्रियंकाकी आमा मधु चोपडा र उनका आफन्त चुप बसेका छन् । यसबारे जब प्रियंकाकी आमा मधु चोपडासँग प्रश्न गरियो तब उनले यसबारे कुरा गर्ने अहिले सही समय नभएको बताएकी छिन् । भारतीय मिडियाले यसबारे उनलाई मेसेज पठाएर पनि प्रश्न गरेको तर मिडियाको प्रश्नको जवाफ दिने मधुले कुनै पनि जवाफ नदिएको जानकारी दिएका छन् ।

प्रियंकाका जुन आफन्तले चार महिना अघि प्रियंकाको विवाहको कुरा सबैभन्दा पहिले पुष्टि गरेका थिए उनीहरु पनि यो मामलामा पूर्ण रुपमा चुप बसेका छन् ।

चुप बस्दा अर्कै अर्थ निकालियोः

प्रियंकाको काम सम्हाल्ने समूह पनि यसबारे केही पनि बोल्न हिच्किचाइरहेका छन् । यस्तोमा जानकार अर्कै अर्थ निकालिरहेका छन् । धेरै मिडियाले प्रियंका र निकबीचको सम्बन्ध ठिक नभएको बताइरहेका छन् । यद्यपी, प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकसँग रमाइरहेका फोटो पोष्ट गरिरहेकी छिन् । साथै, यो खबर आउनु तीन घण्टाअघि मात्रै प्रियंकाले जोनस ब्रदर्ससँगको एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।

अब हेर्नुपर्ने कुरा के छ भने यो सम्भावित सम्बन्धविच्छेदको खबर एक अफवाह हो कि तितो वास्तविकता ।

बिहे भएको ४ महिनामै प्रियंका र निकको सम्बन्धविच्छेद ? यस्तो छ वास्तविकता

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप