सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्सामा हवाहुरीको वितण्डा : ज्यान गुमाउनेमध्ये २४ जनाको सनाखत (सूचीसहित)

सोमबार, १८ चैत २०७५, १२ : ५६
सोमबार, १८ चैत २०७५

काठमाडौँ– गृह मन्त्रालयले बारा–पर्सामा गएरातिको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची  सार्वजनिक गरेको छ । मन्त्रालयले सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।
जसअनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १. तरिफा खातुन (३०) २. श्रीप्रसाद यादव(६५) घ. प्रसौनी गाँउपालिकाका -बारा १. अच्छलाल माझी(५५) ङ. महागढीमाइ नगरपालिका -बारा १. कोइरी देवी(७५), च. भारत १. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)- सितामढी ३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज छ.पर्सा जिल्ला १. भवानीपुर राम माझी(४५) २. सुरज माझी(४)

यसैबीच गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजेसम्ममा बारा र पर्साका विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिएका हुन् । गृह मन्त्रालयका पत्रकार सम्मेलन गरी उनले हुरी बतासमा परी बाराका २६ जना र पर्सामा १ जना गरी हालसम्म २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् । 

हुरी बतासमा परी गम्भिर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पताल, महाराजगंजमा उपचार सुरु गरिएको छ । गृह प्रवक्ता सुवेदीले सो घटनामा परी घाइते भएका ३ सय ७५ जनाको बारा र पर्सास्थित विभिन्न ७ वटा अस्पतालमा उपचार भईरहेको पनि जानकारी दिए ।

सरकारले सो घटनाको राहत तथा उद्दारका लागि सुरक्षा निकायका ४ वटै अंगहरु परिचालन गरिएको पनि जनाएको छ । प्रवक्ता सुवेदीले उनीहरुको राहतका लागि तत्काल काठमाडौंबाट सशष्त्र प्रहरी बलको ३ वटा ट्रकमा आवश्यक सामान पठाइएको पनि जानकारी दिए ।

राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि केही बेरमा बारा पुग्ने कार्यक्रम रहेको पनि गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले सो घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य पनि सम्बन्धित जिल्ला विपत्त व्यवस्थापन समितिको नेतृत्वमा सुरु गरिएको पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप