राहत र उद्धारलाई प्रभावकारी बनाउन सरकारलाई सभामुखको आग्रह
काठमाडौँ– सभामुख कृष्ण बहादुर महराराले आइतबार साँझ आएको हावाहुरी, असिना पानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको धनजनको क्षतिको खबरले आफुलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन् । सभामुख महराले सोमबार विज्ञप्ति जारी गर्दै अकल्पनीय र दुखद प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
सभामुख महराले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कूनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गरेका छन् ।
साथै प्राकृतिक विपद्मा परेका बारा र पर्सालगायतका जिल्लाहरुमा कुनै विलम्ब नगरी राहत र उद्धार कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनूरोध समेत गरेका छन् ।
उनले यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागु गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण