सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बारा र पर्साका घाइतेहरुको उपचारमा काठमाडौबाट थप जनशक्ति जाँदै

सोमबार, १८ चैत २०७५, १२ : २३
सोमबार, १८ चैत २०७५

काठमाडौँ – बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण घाईते भएकाहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 घाइतेहरुको उपचारका लागि चिकित्सक, औषधी र रगत अभाव भइरहेको भन्ने समाचारपछि मन्त्रालयले आवश्यक थप जनशक्ति परिचालन गर्ने जनाएको हो । 

घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव सहितको टोली बारा जाने भएको छ । त्यस्तै बारा र पर्सामा औषधी र चिकित्सकको अभाव हुन नदिन थप सामाग्रीसहित चिकित्सकको टोली औषधीसहित घटनास्थलमा जान लागेको मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यावद भने सोमबार बिहानै बारा पुगिसकेको छन् । 

यस्तै सचिव चन्द्र कुमार घिमिरे र स्वास्थ्य सेवा विभागका महानिर्देशक ,सहसचिव डाक्टर रमेश खरेलको टोली बारा हिँडिसकेको मन्त्रालले जनाएको छ  । स्थानीय तहको माग र आवाश्यक्ताअनुसार स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ । 

हाल घाइतेहरुको विरगन्जको इमेजेन्सी मेडिकल टिम, जनकपूरको मेडिकल टिम र चितवनको आकस्मिक मेडिकल टिम उपचारमा खटिरहेको प्रवक्ता डाक्टर श्रेष्ठले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप