बारा र पर्साका घाइतेहरुको उपचारमा काठमाडौबाट थप जनशक्ति जाँदै
काठमाडौँ – बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण घाईते भएकाहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि चिकित्सक, औषधी र रगत अभाव भइरहेको भन्ने समाचारपछि मन्त्रालयले आवश्यक थप जनशक्ति परिचालन गर्ने जनाएको हो ।
घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव सहितको टोली बारा जाने भएको छ । त्यस्तै बारा र पर्सामा औषधी र चिकित्सकको अभाव हुन नदिन थप सामाग्रीसहित चिकित्सकको टोली औषधीसहित घटनास्थलमा जान लागेको मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यावद भने सोमबार बिहानै बारा पुगिसकेको छन् ।
यस्तै सचिव चन्द्र कुमार घिमिरे र स्वास्थ्य सेवा विभागका महानिर्देशक ,सहसचिव डाक्टर रमेश खरेलको टोली बारा हिँडिसकेको मन्त्रालले जनाएको छ । स्थानीय तहको माग र आवाश्यक्ताअनुसार स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।
हाल घाइतेहरुको विरगन्जको इमेजेन्सी मेडिकल टिम, जनकपूरको मेडिकल टिम र चितवनको आकस्मिक मेडिकल टिम उपचारमा खटिरहेको प्रवक्ता डाक्टर श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण