बारा घटनामा घाइते ७ जनालाई काठमाडौं ल्याइयो
सोमबार, १८ चैत २०७५, १२ : १८
काठमाडौँ । बारा र पर्सामा आइतबार राती आएको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
गम्भीर घाइते ७ जनाको महाराजगन्जस्थित त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले गम्भीर ७ जनाको अहिले टिचिङमा उपचार भइरहेको र सबैको उपचार निःशुल्क हुने बताए ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, तराई अस्पताल विरगंज, कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण