बारा घटनामा घाइते ७ जनालाई काठमाडौं ल्याइयो
सोमबार, १८ चैत २०७५, १२ : १८
काठमाडौँ । बारा र पर्सामा आइतबार राती आएको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
गम्भीर घाइते ७ जनाको महाराजगन्जस्थित त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले गम्भीर ७ जनाको अहिले टिचिङमा उपचार भइरहेको र सबैको उपचार निःशुल्क हुने बताए ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, तराई अस्पताल विरगंज, कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’