रेडक्रसको रक्तसञ्चार सेवा अब कालीमाटीबाट
सोमबार, १८ चैत २०७५, १२ : ०४
काठमाडौं–ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरुसोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन शुरु भएको छ ।
सो भवनको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले सर्वपक्षीय सहयोग र विश्वासबाट नै रक्त सञ्चार सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न रेडक्रस सक्षम भएको बताए । उनले सम्पूर्ण स्वयंसेवी रक्तदाता, रक्तदाताहरुको संगठन र सरकारलगाएत विभिन्न सरोकारवाला व्यक्ति र निकायहरुलाई धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगका लागि आह्वान गरे ।
२०७२ सालको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि तत्कालका लागि आपत्कालीन सेवा केन्द्र बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा