सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, यसरी हुँदैछ उद्धार

सोमबार, १८ चैत २०७५, ११ : ५५
सोमबार, १८ चैत २०७५

काठमाडौं–आइतबार साँझ आएको भीषण हावाहुरी र असिना पानीबाट बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर तथा ईट्टा भट्टाको चिम्नि भत्कन गई बाराको विभिन्न स्थानमा २६ जनाको मृत्यु भएको छ । यस्तै कम्तीमा ४०० जना घाइतेको उद्धार गरिएको छ । 

घाइतेहरुमध्ये नारायण उपक्षेत्रीय अस्पताल वीरगन्जमा ११६ जना, नेशनल मेडिकल कलेज वीरगन्जमा १०० जना, वीरगन्ज हेल्थ केयरमा ३८ जना र गण्डक अस्पताल वीरगन्जमा २८ जना गरी २८२ जनाको उपचार भईरहेको छ । 

नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीका अनुसार मातहत काकार्यलयहरुबाट प्रहरी टोली, सशस्त्र प्रहरी र सेना परिचालन भई उद्धार कार्य भइरहेको छ।  

मृतक२६ जना मध्य २३ जनाको सनाखत भएको र ३ जनाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । 

यसैगरी पर्साको वीरगन्ज उपमहानगरपालिका–१२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडि बिजुलीको पोल ढलेरना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा बसमा सवार ६ जना घाइते भएका छन् । 

घाइते सबैको नारायणी उपचारका लागि क्षेत्रीय अस्पताल उपचारका लागि पठाइएकोमा उ१८ वर्षीय सरोज रामको मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिए । 
दुबै जिल्लाका घाइतेहरुको मध्ये ७ जनालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ ।

खोज तथा उद्दारका लागि बारा र पर्सा जिल्ला लगायत नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं २ रातमाटेबाट समेत थप सुरक्षाकर्मी परिचालित भएका छन् । 

अहिले घटनास्थलमा नेपाल प्रहरी अस्पतालबाट ४ जना चिकित्सक सहित ९ जनाको टोलीखटिनुका साथै थप ८ जनाको टोली स्टेण्ड बाई रहेको पनि प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप