हावाहुरीबाट मर्नेको संख्या २७ पुग्यो, ३४३ जना उपचारपछि घर फर्किए : प्रम
आइतबार साँझ आएको त्रासद आँधी हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेकोे र ६०० भन्दा बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका अनुसार घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेका छन् ।
घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
बारा र पर्सामा आएको त्रासद आँधी हुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । घाइते हुनु भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किनु भएको छ । तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ । घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन ।
— KP Sharma Oli (@PM_Nepal) April 1, 2019
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
आइतबार राती पर्साका अस्पतालह?मा ६ जनाको शव आइपुगेको पर्सा प्रहरीले जानकारी दिएको थियो । यद्यपि, तीमध्ये अधिकांश छिमेकी बारा जिल्लाबाट ल्याइएको खुलेको छ । पर्सा जिल्लामा हालसम्म १ जनाको मात्र ज्यान गएको समाचार प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण