हावाहुरीबाट घरबारबिहिनलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग
सोमबार, १८ चैत २०७५, १० : २४

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु’ अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?