हावाहुरीबाट प्रभावितलाई सहयोग गर्न राप्रपाको आव्हान
सोमबार, १८ चैत २०७५, १० : १९
काठमाडौँ– आइतबार साँझ हावा हुरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा भएको धनजनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गरेको छ ।
सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार बिहान विज्ञप्ति जारी गर्दै प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको निस्शुल्क उपचारका निम्ति सरकारलाई अनुरोध छ ।
साथै राप्रपाले आफ्ना कार्यकर्तालाई राहत कार्यमा जुट्न र घाइतेहरुका लागि रगतको अभाव हुन नदिन रक्त संकलन गर्न आव्हान गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण