उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
सोमबार, १८ चैत २०७५, १० : १३

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गरेका छन् ।
गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।
आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।
उनले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’