काँग्रेस सभापति देउवाद्वारा कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा लगायतका तराईका जिल्लामा भएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् ।
सोमबार विहान सामाजिक संजाल मार्फत सभापित देउवाले बारा र पर्सा लगायतका क्षेत्रमा आएको प्राकृति विपितमा उद्दार र राहतमा उत्रिन कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।
‘बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु’, देउवाले सामाजिक संजालमा लेखेका छन् ।
आइतबार रातिको हावाहुरीका कारण त्यस क्षेत्रमा ३१ भन्दा बढिले ज्यान गुमाईसकेका छन् भने ४ सयभन्दा बढि घाइते भएका छन्।
यसैबीच काँग्रेस संसदीय दलले हावाहुरीबाट हुन गएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणँले सोमबार एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनंस्थापनाका लागि सरकारसँग आग्रह गरेका हुन् ।
प्रमुख सचेतक खाणँले विपतको घडीमा नेपाली काँग्रेससँग सम्बद्ध सबै भ्रातृ एवं शुभेच्छुक संस्थालाई उद्दार र राहत कार्यमा सक्रियता पूर्वक जुट्न अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु