गृह जिल्लाका सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री बारा जाँदै
सोमबार, १८ चैत २०७५, ०९ : ४२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाने भएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाँदैछन् ।
प्रधानमन्त्री ओली आइतबार झापा र मोरङका कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।
सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण