गृह जिल्लाका सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री बारा जाँदै
सोमबार, १८ चैत २०७५, ०९ : ४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाने भएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाँदैछन् ।
प्रधानमन्त्री ओली आइतबार झापा र मोरङका कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।
सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह
-
अनेमसंघको सातौँ महाधिवेशन शनिबारबाट, अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने संकेत
-
महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा
-
इजलासमा मिश्रले खाए आमाको कसम, राज्यविरूद्धकाे कसूर नगरेको जिकिर
-
प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
-
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट