हावाहुरीमा घाइतेको उपचारको लागि रगत अभाव, नेपाली सेना र प्रहरी जवानले रक्तदान गर्न थाले

काठमाडौँ – बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् । रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् ।
आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा गरी २८ जनाको ज्यान गएको छ भने ४ सय जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।
एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?