हावाहुरीमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने
विरगञ्ज – प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ ।
सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
हावाहुरीमा भएको धनजनको क्षतीको अध्ययन तथा पुननिर्माणको लागि तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । जसमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र वन मन्त्री रामनरेश राय यादव रहेका छन् ।
आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको छ भने सैयौ घाइते भएका छन् ।
घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण