हावाहुरीमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने
विरगञ्ज – प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ ।
सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
हावाहुरीमा भएको धनजनको क्षतीको अध्ययन तथा पुननिर्माणको लागि तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । जसमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र वन मन्त्री रामनरेश राय यादव रहेका छन् ।
आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको छ भने सैयौ घाइते भएका छन् ।
घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
-
सङ्घीय निजामती सेवा विधेयकमा मागहरू नसमेटिएपछि नेपाल निजामती कर्मचारी युनियनको आपत्ति