प्रदेश २ को आकस्मिक बैठक, राहत र स्वास्थ्य शिविर टोली सहित मुख्यमन्त्री घटनास्थल जाँदै
विरगञ्ज –आधी तुफान तथा हावाहुरीले बारा र पर्सामा भएको ठुलो जनधनको क्षति पुगेपछि प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषद बैठक बसेको छ ।
सोमबार विहान ७ बजेदेखि मन्त्री परिषद बैठक बसेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
आपतकालिन मन्त्रीपरिषदको बैठकले बारा र पर्सामा भएको व्यापक जनधनको क्षतिको विषयमा केन्द्रित रहने छ । बैठकमा मृतकलाई क्षतिपुर्ति, घाइतेको निःशुल्क उपचार र भत्किएका संरचना पुनर्निर्माण एवं राहतको विषयमा निर्णय हुने छ ।
आईतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको छ भने सैयौ घाइते भएका छन् ।
घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।
यता बैठक पश्चात् सबै मन्त्रीहरु सो क्षेत्रमा जाने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण