सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को आकस्मिक बैठक, राहत र स्वास्थ्य शिविर टोली सहित मुख्यमन्त्री घटनास्थल जाँदै

सोमबार, १८ चैत २०७५, ०७ : २८
सोमबार, १८ चैत २०७५

विरगञ्ज –आधी तुफान तथा हावाहुरीले बारा र पर्सामा भएको ठुलो जनधनको क्षति पुगेपछि प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषद बैठक बसेको छ । 

सोमबार विहान ७ बजेदेखि मन्त्री परिषद बैठक बसेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

आपतकालिन मन्त्रीपरिषदको बैठकले बारा र पर्सामा भएको व्यापक जनधनको क्षतिको विषयमा केन्द्रित रहने छ । बैठकमा मृतकलाई क्षतिपुर्ति, घाइतेको निःशुल्क उपचार र भत्किएका संरचना पुनर्निर्माण एवं राहतको विषयमा निर्णय हुने छ ।

आईतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको छ भने सैयौ घाइते भएका छन् । 

घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।

यता बैठक पश्चात् सबै मन्त्रीहरु सो क्षेत्रमा जाने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप