उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्री ओलीको निर्देशन
सोमबार, १८ चैत २०७५, ०० : २६

काठमाडौं-प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।
आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४ सयजना भन्दा बढी घाइते भएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री ओलीले मृत्यवरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।
उनले उद्धारमा सुरक्षाकर्मीरु परिचालन भैसकेको जनाउँदै सोमबार बिहानबाट उद्धारका लागि हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको जनाएका छन् । उनले उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश