वीरगञ्जमा हावाहुरीको कहर : १ जनाको मृत्यु
आइतबार, १७ चैत २०७५, २२ : २८
वीरगञ्जमा आइतबार साँझ आएको हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेश दत्तका अनुसार घटनामा एक जनाकाे मृतय्यु भएकाे हाे ।मृत्तकको पहिचान खुल्न सकेको छैन ।
आइतबार साँझ करीब आठ बजे वीरगञ्जमा हावाहुरी आएको थियो । हावाहुरीका कारण विजुलीका खम्बा तथा रुखहरु ढल्नुका साथै गुडिरहेका ३ दर्जन गाडी पल्टिनुका साथै क्षति पुगेको थियो ।
हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।