हिरासतमुक्त भएपछि जिल्ला नेताले छाडे विप्लवको पार्टी
आइतबार, १७ चैत २०७५, २० : ५१
केहि दिनअघि पक्राउ परेका विप्लव नेतृत्वका पश्चिम नवलपरासीका जिल्ला नेता तथा वर्दघाट नगर कमिटी इन्चार्ज गणेश ढकाल हिरासत मुक्त भएका छन् ।
उनी फागुन २१ गते नवलपरासी प्रहरीद्वारा पक्राउ परी अदालतमा मुद्दा दर्ता भई हिरासतमा थिए ।
पश्चिम नवलपरासीका जिल्ला प्रहरी प्रवक्ता डिएसी वीरेन्द्र थापाका अनुसार ढकाललाई अदालतले नियम अनुसारको धरौटी अशुल गराई आइतबार अपरान्ह रिहा गर्ने आदेश दिएको हो ।
हिरासतमुुक्त भएपछि नेता ढकाल स्वयमले एक विज्ञप्ती मार्फत आजको मितिदेखि विप्लव नेतृत्वको पार्टी परित्याग गर्ने घोषणा समेत गरेका छन ।
ढकालले जारी गरेको प्रेस विज्ञप्तीमा विप्लव समहको कुनै पनि जिम्मेवारी र हैसियतमा नरहने र उक्त समुह परित्याग गरेको उल्लेख रहेको डिएसपी थापाले बताए ।
उनी सोही नगरपालिका वडा नम्वर ४ का वासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’