मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्ट काउन्सिलमा भारतीय कलाकारको चित्रकला प्रदर्शनी (तस्बिरसहित)

शनिबार, १६ चैत २०७५, १६ : ५८
शनिबार, १६ चैत २०७५

काठमाडौं– कलाकार काशीनाथ हेरमिथको २३ औं पानी रङ चित्रहरुको प्रदर्शनी शनिबारदेखि राजधानीको आर्ट काउन्सिलमा सुरु भएको छ । 

कोलहापुर महाराष्ट्र भारतका काशीनाथ पानी रङ चित्र कोर्नमा माहिर मानिन्छन् । 

सुन्दर संयोजन, विषयगत अभिव्यक्ति, आकर्षक विषयबस्तुको छनोट र मौलिक प्रस्तुती उनको चित्रकलाका विशेषता हुन् । 

नेपाली कलाकारका बीच भारतीय कलाकारको परिचय, कलाकारको अभिव्यक्ति अदानप्रदानका साथ कलाको प्रचार प्रसारको उद्देश्यले यो चित्रकलाको आयोजना गरिएको हो । 
चित्रकला प्रदर्शनी आगामीस् चैत २० गतेसम्म हुनेछ ।  

काउन्सिलमै मिथिला चित्रकला पनि प्रर्दशनी सुरु भएको छ । 

रञ्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्व झल्किने चित्रकलाहरु राखिएको छ । 

मिथिला संस्कृतिको अलावा समाजमा विद्यमान विकृति, विसंगती, महिला शोषण, छुवाछुत विरुद्धका संन्देशहरु झल्किने चित्रकला प्रर्दशनीलाई कलर्स अफ चेन्ज को नाम दिईएको छ । 

तराई क्षेत्रमा व्याप्त दाईजो प्रथा, भ्रुण हत्या, बालिका विवाह लगायत विकृति विरुद्धको जनचेतना फैलाउने सन्देश चित्रहरुमा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप