बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर श्रीमानबाट श्रीमतीको कुटपिटपछि मृत्यु प्रकरणः वीरगन्जमा प्रदर्शन

शनिबार, १६ चैत २०७५, १५ : ३३
शनिबार, १६ चैत २०७५

वीरगन्ज–डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको उपचारको क्रममा शुक्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन् ।

उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । 

वीरगन्जमा रहेको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट घाइत भएकी श्रीमती सुनिता यादवको काठमांडौ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको सुनिताका आफन्त जयप्रकाश यादवले बताए ।

पाँच दिनदेखि काठमांडौमा उपचाररत सुनिता यादवको शुक्रबार सवा ५ बजे उपचारको क्रममा निधन भएको थियो । 

गत चैत ११ कुटपिटबाट घाईते भएकी सुनितालाई वीरगन्जको गण्डक हस्पिटलको आइसियूमा राखेर उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । 

कुटपिटपछि घाईते भएकी सुनीताको अवस्था नाजुक भएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए । 

विवाहको दुई वर्षपछि नै सुनीताबाट सन्तान नभएको भन्दै उनले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै डा.यादवले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ छ । 

दोषीलाई कारवाही गर्नुपर्ने माग सहित गरिएको प्रदर्शनपछिको कोणसभामा प्रदेशसभा सदस्य करिमा वेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश थारु, विश्वेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा लगायतले बोलेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप